spot_img

युद्ध र शान्तिको प्रतिक महत गाउँकाे इतिहास,बलिदान र युद्ध पर्यटनका सम्भावनाहरूकाे चर्चा (फाेटाे फिचर सहित)

spot_img

रूपक कुलाल,पूवी रूकुम,महत गाउँ

महत गाउँकाे परिचय

महत गाउँको खास नाम ‘मैगाउँ’ थियो । मैगाउँलाई खाम भाषामा ‘मैनाखार’ भनिन्छ । यो ठाउँमा पहिला प्रशस्तै मात्रामा बाझका रुखहरु थिए । बाझको रुखहरुको बीचमा घरहरु थिए । त्यसैले ‘मैनाखार’ भन्ने गरिन्थ्याे। ‘मै’ भनेको बाझ र ‘नाखार’ भनेको गाउँ हो । पछि रुकुम अड्डा भइसकेपछि मगरहरु अर्थात मतवाल बस्ने रैछन् भनेर यो गाउँको नाम ‘महत’ रहन गएको हुनसक्ने उनको अनुमान छ । पहिला महत सिंगो गाविस थियो भने अहिले भुमे गाउँपालिकाको तीन वटा वडामा बाँडिएको छ । मुख्य महत वडा नम्बर ६ नम्बरमा पर्दछ । रुकुमपूर्वको महत गाउँ आफैंमा घना मगर बस्ती भएको डाँडामा अवस्थित सुन्दर गाउँ हो ।

महत गाउँकाे जनयुद्द कालिन इतिहास

दश वर्ष लामो जनयुद्धको केन्द्र भागमा रह्यो महत । थवाङ नजिकै रहेको महतमा प्रत्यक्ष ठूलाठूला भिडन्त भएका थिए भने माओवादीको चर्चित लाबाङ बैठक पनि यही महतकै लाबाङमा सम्पन्न भयो । त्यति मात्र होइन जनमुक्ति सेनाका डिभिजन स्तरसम्मका सैन्य तालिम पनि यहीं भए र सैन्य कार्यालयहरु यहीं खडा गरिएका थिए । जनयुद्धको चर्चित क्षेत्र महतमा अहिले युद्ध पर्यटनको विकास भइरहेकाे छ। यो भेग युद्ध पर्यटनको हिसाबले महत्वपूर्ण स्थान हो । जनयुद्धमा भएको बलिदानमा पनि महतगाउँ निकै अगाडि छ । महतमा मात्रै ५८ जनाले रगत बगाएका छन् । महत गाउँकै नजिक लाबाङमा बसेको एउटा बैठक निकै चर्चित बन्न पुग्यो । जुन बैठकबाट नेता डा. बाबुराम भट्टराइलाई कारबाही गरेको थियो । यस्तै यही गाउँपालिकाको चुनबाङ भेरीडाँडामा २०६२ असोजमा बसेको ऐतिहासिक बैठकले माओवादीको राजनीतिक लाइन बदलिदियो ।

२०५६ असोज ५ को राति माओवादीले प्रहरी चौकी आक्रमण गरी डीएसपी ठूले राईलाई अपहरण गरेपछि महत सुरक्षाकर्मीको निगरानीमा पर्यो । माओवादीले युद्ध अबधिभर प्रहरीका उच्च अधिकारीलाई अपहरण गरेको यो पहिलो घटना भएकाले पनि महत गाउँ निकै चर्चामा थियो । पछि राज्यपक्षसँग तत्कालीन नेकपा माओवादीका नेता देव गुरुङलाई रिहा गराएर युद्धबन्दी साटफेर अन्तर्गत ठूले राइलाई माओवादीले रिहा गरेको थियो । महतमा राज्यपक्षबाट ५२ र माओवादीबाट ६ गरी ५८ जना मारिएका थिए । युद्धकालमा माओवादीको केन्द्रीय हेडक्वाटर मानिने थबाङ प्रवेश गर्ने पश्चिमी नाका पनि हो महत । त्यसैले पनि थबाङ जाँदा–आउँदा सुरक्षाकर्मीको निगरानीमा हुन्थ्यो यो गाउँ । यही ऐतिहासिक ठाउँ महतमा अहिले ‘युद्ध फिचर’ निर्माण भएकाे छ ।

महतलाई युद्ध स्मारिकाको रुपमा परिचित गराउन प्रतिनिधिपात्रको रुपमा मुख्य लडाकुहरुको मोडेल तयार गरेको युद्ध फिचर निर्माण गर्ने ‘स्याण्ड मोडल अन्तर्गत अहिले महत चौकी आक्रमणका मुख्य कमान्डर हालका उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) तथा अन्य सहायक कमान्डरहरूकाे मोडल निर्माण गरिएकाे गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठले जानकारी दिए। फोटोमा बाँयातर्फबाट हेर्दा उक्त भिडन्तमा माओवादीतर्फका सेनालाई नेतृत्व गर्ने दुई नम्बर प्लाटुन सेक्सन कमान्डर ‘निर्माण’को शालिक छ, जो सल्यान कपुरकोट आक्रमणको बेलामा मारिएका थिए । ‘स्याण्ड मोडेलमा देखिएका छ जनामध्ये उहाँले मात्रै सहादत गर्नु भएको छ भने अरु सबै जीवितै हुनुहुन्छ,’श्रेष्ठले भने ।

गाउँपालिकाको लगानीको युद्ध फिचर निर्माण भइसकेको छ भने महत आक्रमणमा भएका तयारीलाई झल्काउने प्रयास पनि अहिले भइरहेको छ । ठूले राईले माओवादी लडाकुहरुसमक्ष आत्मसर्पण गरेको दृष्य पनि युद्ध फिचरमा समेटिएको छ ।गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष दुबैजना पहिला जनमुक्ति सेना भएको र यहाँको युद्ध पर्यटनको संभावनालाई ध्यान दिएर युद्ध फिचर निर्माणलाई गाउँपालिकाले प्राथमिकता दिएको पालिका अध्यक्ष श्रेष्ठकाे भनाइ छ।

उहाँका अनुसार ‘जनयुद्धले देशमा परिबर्तन ल्याएकाले भुल्न सकिन्छ र नयाँ पुस्तालाई थाहा नहुन सक्छ तर यहाँ आउने जोकोहीले पनि अब जनयुद्धको सम्झना गर्नेछ र नयाँ पुस्ताले अध्ययन गर्न पाउने छन् भने पर्यटन विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने अपेक्षा छ। हाल दैनिक जसाे हजाराैँ पर्यटक महत गाउँ जनयुद्दका दृश्य अवलाेकन गर्न पुग्ने गरेका छन्। जसका कारण स्थानीय उत्पादनकाे विक्री र जनताकाे जिवनस्तर उकास्त समेत महत्वपूर्ण याेगदान पुग्न जन अपेक्षा रहि आएकाे छ।

      

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img