spot_img

हुम्लाको नेप्का गाउँमा बाढीले विद्यालय गोठभेडाबाख्रा र खेतीयोग्य जमिन बगायो

spot_img

काठमाडौं,हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति आएको विनाशकारी बाढीले ठूलो भौतिक क्षति पु¥याएको छ ।वडाअअध्यक्ष हर्कधन तामाङले दिएको जानकारीअनुसार एक्कासि आएको बाढीले स्थानीय डाँफे आधारभूत विद्यालयको भवन नै बगाएको छ भने गाउँलेका गोठ, भेडाबाख्रा र खेतीयोग्य जमिनमा व्यापक नोक्सानी पुर्याएको छ।

अविरल वर्षापछिको पहिरोले उनी स्वयं र स्थानीय धनसिंह तामाङको गोठ पुरेको छ, जसका कारण भेडाबाख्रामा ठूलो क्षति पुगेको छ। बाढीले गाउँमा कोदो उत्पादन हुने अधिकांश खेतीयोग्य जग्गा बगाएको उनले बताए ।

हालसम्म कुनै मानवीय क्षतिको खबर नआए पनि विकट भूगोलका कारण गोठ पुरिँदा र बाढी पस्दा भएको क्षतिको यकिन विवरण अझै संकलन हुन नसकेको वडाअध्यक्ष तामाङले बताए ।

जिल्लाको सदरमुकाम सिमकोटदेखि उत्तरपूर्वमा पर्ने चंखेली गाउँपालिकाको वडा नम्बर ५ मा अवस्थित नेप्का अत्यन्तै दुर्गम क्षेत्र हो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img