काठमाडाैँ,आर्थिक शिथिलताले निजी क्षेत्रको मनोबल कमजोर बनिरहेका वेला सरकारले आशा जगाउने नीति तथा कार्यक्रम ल्याएको छ । रोजगारी वृद्धि, निजी क्षेत्र र स्टार्टअपलाई प्रोत्साहन, उत्पादन वृद्धि, सबैको पहुँचमा बिजुली, कृषिमा लगानी दशकजस्ता लोकप्रिय कार्यक्रम कार्यान्वयन भने चुनौतीपूर्ण रहेको विज्ञहरूको भनाइ छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८१÷८२ को नीति तथा कार्यक्रममा उच्चदरमा उत्पादन र रोजगारी वृद्धि तथा ठूला पूर्वाधार निर्माणसहित महत्वाकांक्षी कार्यक्रम अघि सारिएको छ । सरकारले लोकतन्त्रको सुदृढीकरण, अर्थतन्त्रको पुनरुत्थान, सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेको छ ।
कम्तीमा एक हजार युवालाई स्टार्टअप व्यवसाय गर्न सहुलियत कर्जा दिने, एक हजार साना उद्योगीलाई ब्याजमा अनुदान दिने, काठमाडौं उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि वर्क स्टेसन सञ्चालन गरी कम्तीमा पाँच हजार रोजगारी सिर्जना गरिनेलगायतका महत्वाकांक्षी योजना अघि सारिएको छ । त्यस्तै, बुढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउने, विद्युत्को जडित क्षमता चार हजार पाँच सय मेगावाट पु¥याउने, जलमार्ग र रेलमार्ग निर्माणलाई गति दिनेलगायतका ठूला कार्यक्रमसमेत समेटिएका छन् ।
तर, सरकारको महत्वाकांक्षी नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्रोत जुटाउनुपर्ने चुनौती रहेको जानकारहरू बताउँछन् । अपेक्षित रूपमा राजस्व संकलन हुन नसकिरहेको अवस्थामा वितरणमुखी कार्यक्रम कार्यान्वयन गर्न नसकिने अर्थविद्हरूको दाबी छ ।
उत्पादनशील, रोजगारीमूलक र न्यायपूर्ण वितरणसहितको उच्च, फराकिलो, दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने सरकारले नीति लिएको छ । त्यस्तै, सरकारी स्रोतको पुनः प्राथमिकीकरण गरी सार्वजनिक खर्चमा विनियोजन कुशलता र कार्यान्वयन दक्षता वृद्धि गरिने भनिएको छ । नीति उत्पादन र रोजगार वृद्धिमुखी भए पनि कार्यक्रम भने छरिएको र वितरणमुखी देखिन्छ ।
आर्थिक वर्ष ०८१÷८२ को नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।
-
सरकारद्वारा ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ सञ्चालन गर्ने घोषणा
-
विद्युत् जडित क्षमता २ हजार ९४० मेगावाट पुग्यो
-
कृषि लगानी दशक घोषणा
-
आईटीबाट ५ हजार रोजगारी सिर्जना गर्ने घोषणा, सूचना प्रविधि दशक मनाइने
-
१ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ कर्जा दिइने
-
निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने

















