रूपक यात्री
भारतको रुपैडिया जमुना नाकादेखि डोल्पाको धो मोरिम्ला नाका हुँदै उत्तरी चीनको सीमा जोड्ने त्रिदेशीय मार्ग भेरी करिडोर स्तरउन्नतीका लागि ४ अर्व २० करोड स्रोत सुनिश्चित भएको छ । करिडोर अन्तर्गतको पश्चिम रूकुमकाे तल्लुबगर देखि डाेल्पाकाे त्रिपुराकाेटसम्मको ४२ किलोमिटर सडकखण्ड स्तरउन्नतीका लागि चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले ४ अर्व २० करोड स्रोत सुनिश्चित भएको हो। साे बजेटले सडकबाट दुई लेनको सडक डबल कटिङ,कालोपत्रे र नाला निर्माणकाे काम हुनेछ। याे बजेट भेरी करिडाेर निर्माणमा एक खुट्किला थप भएकाे छ।
निकै लामाे समय र निरन्तरकाे प्रयासले भेरी करिडाेरकाे स्तरउन्नतिका लागि उक्त बजेट सुनिश्चित हुनु ठुलाे उपलब्धि भएकाे पूर्व शहरी विकास मन्त्री तथा डोल्पाका प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले बताए। अव करिडाेरमा पर्ने पुलहरू निर्माणका लागि आवश्यक बजेट व्यवस्थापनका लागि भौतिक पुर्वाधार मन्त्रालयमा पहल भइरहेकाे सांसद बुढाकाे भनाइ छ।
भेरी करिडाेर निर्माण याेजनाका प्रमुख सुनिल रञ्चितकारले तल्लुबगर देखि त्रिपुराकाेटसम्म ४ अर्व २० करोड सुनिश्चित भएकाेले अव चाँडै अन्य काम अगाडी बढ्ने जानकारी दिए। करिडाेरमा हाल दुनै देखि ल्यासिक्यापसम्मकाे सडकमा ट्राक अाेपनकाे काम भइरहेकाे छ भने थप कुनै बजेट भने नभएकाे प्रमुख रञ्जितकारकाे भनाइ छ।

दुनै देखि ल्यासिक्याप सडक खण्डमै भएकाे छैन काम
जाजरकाेट डाेल्पा १ सय १७ कि.मी काे नेपाली सेनाले ट्याक ओपन गरेपछि हाल दुनै ल्यासिक्याप सडकखण्डकाे २० कि.मी ट्याक काम जारी रहेकाे छ। कामकाे गति भने निकै ढीला छ। गत भदाैँ महिनाकाे अन्त्यतिर इमान्दार खवरकाे टिमले साे बाटाे स्थलगत यात्रा गरेकाे थियाे। स्थलगत रूपका करिडाेरकाे अवस्था दयनिय छ। दुनै देखि ल्यासिक्याप सम्मकाे सडक खाेल्ने जिम्मा पाएकाे ठेकेदार कम्पनीले काम गर्न नसक्दा सडक निर्माण अलपत्र जस्तै बनेकाे छ। साे सडक निर्माणका लागि ०७८ चैत्रमा सुर्या श्रेया शान्तिदेवी जेभी निर्माण कम्पनीसँग सम्झौता भएकाे थियाे । श्रेया निर्माण कम्पनीका प्रतिनिधि भिम बोहोराले काम भइरहेकाे दावी गर्छन्। “पालचा खाेलाकाे आसपासमा सडक खन्ने र ग्यामिन भर्ने काम दुइ वटा डाेजर प्रयाेग गरेर काम गरिरहेकाे र कहिलेकाहिँ मेसिनमा समस्या देखिएकाले काम राेकिने गरेकाे उनकाे दावी छ।

भेरी करिडाेरमा ट्राक ओपन कति सम्भव ?
चिनकाे माेरिम नाकाबाट सिस्याेल सम्मकाे ४८ कि.मी ट्याक ओपन भएर आन्तरिक यातायात सञ्चालन भइरहेकाे छ। दुनै ल्यासिक्याप सडकखण्डकाे २० कि.मी ट्याक खाेल्ने काम कछुवा गतिमा छ भने ल्यासिक्याप देखि सिस्याेलसम्मकाे ३३ कि.मी कडा चट्टान रहेकाे सडक खन्ने काम हालसम्म पनि कुनै सुरसार देखिएकाे छैन। कडा हिमाली चट्टानका भिरैभिर फाेडेर सडक निर्माण गर्नु पर्ने भएकाले ब्लास्टिङ नगरि सडक खाेल्ने असम्भव छ साे कामका लागि नेपाली सेना विना सम्भव देखिदैन। उपल्लाे डाेल्पावासीले पनि ल्यासिक्याप देखि सिस्याेलसम्मकाे सडक खण्ड खाेल्न नेपाली सेनालाइ जिम्मा दिन माग गरिरहेका छन्।
ट्याक ओपनका लागि नेपाली सेना लिने देखि बजेट व्यवस्थापनकाे मुद्दा ओझेलमा ठेक्का सेटिङका लागि स्तरउन्नतिकाे अर्बाैं बजेट
ल्यासिक्याप देखि सिस्याेलसम्मकाे ३३ कि.मी सडक खाेल्नका लागि सेना जाने नजाने अहिलेसम्म निश्चित छैन। यदि सेना लिन नसकेमा भेरी करिडाेरले पूर्णता पाउनु त परकाे कुरा ट्रयाक अाेपन नै असम्भव देखिन्छ। ट्रयाक खाेल्न र सेना लिने तर्फ सकैकाे ध्यान जान जरूरी छ भने बजेट नै नपर्ने अर्काे दुखद विषय पनि छ।
यता भने सेटिङ मार्फत ठेक्का लिन ट्याक खाेल्ने मुद्दालाइ अाेझेल पार्दै तल्लुबगर देखि त्रिपुराकाेटसम्म ४ अर्व २० करोड बजेट सुनिश्चित भएकाे चर्चा शुरू भएकाे छ। फुल रेटमा ठेक्का लिनकाे केहि निर्माण व्यवसायीहरू याेजनाबद्द रूपमा अर्थ मन्त्रालय देखि तल्लाेतहसम्मै लागेकाे चर्चा शुरू भएकाे छ। निर्माण व्यवसायीका यस्ता स्वार्थले भेरी करिडाेरकाे पूर्णतामा गम्भिर असर पर्ने देखिन्छ।

भेरी करिडाेरकाे महत्व
रकारले राष्ट्रिय सडक सञ्जालबाट बञ्चित रहेका काइके,डाेल्पाेबुद्द,शे फाेक्सुण्डाे र छार्काताङसाेङ गाउँपालिकाका जनतालाइ राष्ट्रय सडक सञ्जालमा जाेड्ने छ। हाल उपल्लाे डाेल्पाका जनतालाइ सदरमुकाम दुनैसम्म पुग्न ३ दिन हिड्नुपर्ने बाध्यता छ। त्यति मात्र नभइ उत्तरी चिन देखि दक्षिणमा भारतलाइ जाेड्ने मुलुककै छाेटाे त्रिदेशीय मार्ग भेरिकरिडाेल चाँडाे सम्पन्न गर्नु राज्यकाे दाइत्व हाे। भेरि करीडाेरले डाेल्पा,कर्णली प्रदेशलाइ मात्र नभएर राज्यले नै ठुलाे लाभ लिनसम्ने ब्यापारिक हव हुनेमा दुइमत छैन।


















