पूर्व मन्त्री तथा डोल्पाका प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले भेरी करिडोरको ल्यासिक्याप देखि सिस्याेलसम्मकाे ३३ कि.मी सडक खाेल्नका लागि कडा चट्टान हुँदा उक्त खण्ड नेपाली सेनामार्फत काम गराउन सरकारसंग माग गरेका छन्।
एकिकृत समाजवादीका नेता समेत रहेका बुढाले शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले चट्टान खण्ड नेपाली सेनामार्फत गराउनको लागि सम्पूर्ण प्रक्रिया सकेर भौतिक तथा पूर्वाधार मन्त्रालयमा फाइल पुगेको बताएका हुन्। ’उक्त खण्ड नेपाली सेनामार्फत गराउनको लागि सम्पूर्ण प्रक्रिया सकेर भौतिक तथा पूर्वाधार मन्त्रालयमा फाइल पुगेको छ,’ उनले भने, ’अब छिटोभन्दा छिटो मन्त्रिपरिषदबाट निर्णय गरेर अगाडि बढाउन सरकारसँग माग गर्दछु।’
भारतको रुपैडिया जमुना नाकादेखि डोल्पाको धो मोरिम्ला नाका हुँदै उत्तरी चीनको सीमा जोड्ने त्रिदेशीय मार्ग भेरी करिडोर स्तरउन्नतीका लागि ४ अर्व २० करोड स्रोत सुनिश्चित भएको छ । करिडोर अन्तर्गतको पश्चिम रूकुमकाे तल्लुबगर देखि डाेल्पाकाे त्रिपुराकाेटसम्मको ४२ किलोमिटर सडकखण्ड स्तरउन्नतीका लागि चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले ४ अर्व २० करोड स्रोत सुनिश्चित भएको हो। साे बजेटले सडकबाट दुई लेनको सडक डबल कटिङ,कालोपत्रे र नाला निर्माणकाे काम हुनेछ। याे बजेट भेरी करिडाेर निर्माणमा एक खुट्किला थप भएकाे छ।
निकै लामाे समय र निरन्तरकाे प्रयासले भेरी करिडाेरकाे स्तरउन्नतिका लागि उक्त बजेट सुनिश्चित हुनु ठुलाे उपलब्धि भएकाे बुढाले बताए।
भेरी करिडाेरमा ट्राक ओपन कति सम्भव ?
चिनकाे माेरिम नाकाबाट सिस्याेल सम्मकाे ४८ कि.मी ट्याक ओपन भएर आन्तरिक यातायात सञ्चालन भइरहेकाे छ। दुनै ल्यासिक्याप सडकखण्डकाे २० कि.मी ट्याक खाेल्ने काम जारी छ भने ल्यासिक्याप देखि सिस्याेलसम्मकाे ३३ कि.मी कडा चट्टान रहेकाे सडक खन्ने काम हालसम्म पनि कुनै सुरसार देखिएकाे छैन। कडा हिमाली चट्टानका भिरैभिर फाेडेर सडक निर्माण गर्नु पर्ने भएकाले ब्लास्टिङ नगरि सडक खाेल्ने असम्भव छ साे कामका लागि नेपाली सेना विना सम्भव देखिदैन। उपल्लाे डाेल्पावासीले पनि ल्यासिक्याप देखि सिस्याेलसम्मकाे सडक खण्ड खाेल्न नेपाली सेनालाइ जिम्मा दिन माग गरिरहेका छन्।
भेरी करिडाेरकाे महत्व
रकारले राष्ट्रिय सडक सञ्जालबाट बञ्चित रहेका काइके,डाेल्पाेबुद्द,शे फाेक्सुण्डाे र छार्काताङसाेङ गाउँपालिकाका जनतालाइ राष्ट्रय सडक सञ्जालमा जाेड्ने छ। हाल उपल्लाे डाेल्पाका जनतालाइ सदरमुकाम दुनैसम्म पुग्न ३ दिन हिड्नुपर्ने बाध्यता छ। त्यति मात्र नभइ उत्तरी चिन देखि दक्षिणमा भारतलाइ जाेड्ने मुलुककै छाेटाे त्रिदेशीय मार्ग भेरिकरिडाेल चाँडाे सम्पन्न गर्नु राज्यकाे दाइत्व हाे। भेरि करीडाेरले डाेल्पा,कर्णली प्रदेशलाइ मात्र नभएर राज्यले नै ठुलाे लाभ लिनसम्ने ब्यापारिक हव हुनेमा दुइमत छैन।