spot_img

“काेराेना महामारी विरूद्द लड्न डाेल्पा जिल्लाका लागि सांसद धनबहादुर बुढाद्वारा ३ लाख व्यक्तिगत सहयाेग हस्तान्तरण”

spot_img

डाेल्पा,डाेल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले काेराेना भाइरस (कोभिड-१९)काे महामारी विरूद्द लड्न डाेल्पा जिल्लाका लागि ३ लाख व्यक्तिगत सहयाेग हस्तान्तरण गर्नुभएकाे छ । डाेल्पामा महामारी विरूद्दकाे लडाइमा निरन्तर लागि परेका नागरिक समाज डोल्पालाइ २ लाख र हेल्पिङ ह्याण्ड डाेल्पालाइ १ लाख गरी ३ लाख व्यक्तिगत सहयाेग हस्तान्तरण गर्नुभएकाे हाे ।

व्यक्तिगत सहयाेग गर्नुकासाथै जिल्लामा स्वास्थ्य सामग्री जुटाउने देखि व्यवस्थापनमा दिनरात लागि परेकाे र काेहि डाेल्पाली जनता उपचार नपाएर मर्न नपराेस् भन्ने सांसद बुढाकाे भनाइ छ । साथै डाेल्पावासी आमावुवा,दिदिवहिनी तथा दाजुभाइहरूलाइ हताेसाहित नभएर सुरक्षीत रहन र मनाेवल उच्च बनाइ काेविडकाे महामारीलाइ सामना गर्न सांसद बुढाकाे अपिल छ । डाेल्पाली नागरीक राेग र भाेकबाट मर्न नदिने उहाँकाे दावी छ ।

पूर्व पर्यटन राज्य मन्त्री समेत रहेका बुढा जनप्रतिनिधि मात्र नभएर समाजेवि समेत हुन् । पहिलाे चरणकाे महामारीमा समेत विपन्न र दलित समुदायका जनतालाइ राहत व्यापक रूपमा उपलब्ध गराएका सांसद बुढाले यस पटक पनि काठमाडाैँमा अलपत्र परेका विद्यार्थी,विरामी र विरामीका कुरूवाका साथसाथै विपन्न र दलित समुदायका सर्वसाधरणलाइ राहत वितरण गरिराखेका छन् । दैनिक जसाे घरमा आउने र सम्पर्कमा आएकाहरूलाइ नगद सयाेग गरिराखेकाे र महामारी हुन्जेल सहयाेग जारी राख्ने सांसद बुढाकाे भनाइ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img