काठमाडाैँ,डाेल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले काेराेना भाइरस (कोभिड-१९)काे महामारीका कारण काठमाडाैँमा अलपत्र परेका नागरिकलाइ सहयाेग हस्तान्तरण गर्नुभएकाे छ । समाजसेवी समेत रहेका बुढाले लकडाउनका कारण काठमाडाैँमै फसेका डाेल्पाकाे त्रिपुरासुन्दरी नगरपालिका १ का दुइ परिवारलाइ १० हजार रकम आर्थिक सहयाेग गर्नुभएकाे हाे । कमला बुढाका ४ छाेरा छाेरीकाे परिवार र काेइर्या कुलालकाे ३ जनाकाे परिवार काठमाडाैँमा समस्यामा परेकाे खवर सांसद बुढासम्म पुगेपछि दुइ परीवारका लागि ५- ५ हजार सहयाेग हस्तान्तरण गर्नुभएकाे हाे । महामारीमा सहयाेग प्राप्त गरेपछि दुवै परिवारले सांसद बुढालाइ धन्यवाद समेत दिएका छन् । उनीहरू हाल लकडाउनका कारण काठमाडाैँमा फसेका छन् ।
पूर्व पर्यटन राज्य मन्त्री समेत रहेका बुढा जनप्रतिनिधि मात्र नभएर समाजेवि समेत हुन् । पहिलाे चरणकाे महामारीमा समेत विपन्न र दलित समुदायका जनतालाइ राहत व्यापक रूपमा उपलब्ध गराएका सांसद बुढाले यस पटक पनि काठमाडाैँमा अलपत्र परेका विद्यार्थी,विरामी र विरामीका कुरूवाका साथसाथै विपन्न र दलित समुदायका सर्वसाधरणलाइ राहत वितरण गरिराखेका छन् । दैनिक जसाे घरमा आउने र सम्पर्कमा आएकाहरूलाइ नगद सयाेग गरिराखेकाे र महामारी हुन्जेल सहयाेग जारी राख्ने सांसद बुढाकाे भनाइ छ । केहि दिन अघिमात्रै सांसद बुढाले काेराेना विरूद्द लड्न डाेल्पा जिल्लाका लागि ३ लाख व्यक्तिगत सहयाेग हस्तान्तरण गर्नुभएकाे थियाे ।
यस्तै सांसद बुढाले काठमाडाैँ काेहि डाेल्पाली नागरिक लकडाउनका कारण फसेकाे,दैनिक छाकटार्नमा लगाएत उपचारमा समस्या भए तत्काल सम्पर्क गर्न आग्रह गरेका छन् । समस्या अनुसार सकेकेा सहयाेग गर्ने मन्त्री बुढाकाे प्रतिवद्दता छ । समस्या परे सम्पर्कका लाग सांसद बुढाले तलका ३ वटा नम्वरमा सम्पर्क गर्न समेत अनुराेध गरेका छन् ।
सम्पर्कका लागिःभिम बुढा,9849002294
कमल राेकायाः 9851124391
पत्रकार रूपक कुलालः9849443203