डाेल्पा,उपल्लाे डाेल्पाकाे छार्काताङसाेङ गाउँपालिकामा दुइ पक्षविच ठुलाे झडप भएकाे छ । विद्यालय व्यवस्थापन समितिकाे बैठक बसिरहेका बेला विवादहुँदा दुइपक्ष विच झडप भएकाे प्रहरीले जनाएकाे छ । झडपमा ७ जना घाइते भएका छन् घाइतेहुनेमा महिला समेत रहेकाे प्रहरीले जनाएकाे छ । गाउँपालिकामा कार्यरत असइ बमवहादुर रावतका अनुसार झडपमा परी कतिकाे टाउकाे फुटेकाे छ,कति घाइते छन् । प्रहरी समेत घाइते भएकाे रावतले जानकारी दिए ।
झडप गर्ने दुवैपक्षले भने एकले अर्कालाइ दाेष दिइरहेका छन् । घटनाबारे थप विवरण आउन बाँकि छ ।