काठमाडाैँ, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा दल दर्ता प्रक्रियाका लागि आज निर्वाचन आयोग जाँदैछ ।
दल दर्ताको प्रक्रिया पूरा गर्न पार्टीका नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, कर्णजित बुढा लगायतका शीर्ष नेताहरू वकिलहरूसहित आयोगको केन्द्रीय कार्यालय, कान्तिपथ जाँदै छन् ।
नेता सन्तोष बुढामगरले दल दर्ता प्रक्रियाका लागि आवश्यक सबै कागजात तयार पारी आयोगमा बुझाउन लागेको जानकारी दिए ।‘पहिले पनि आयोगमा गएका थियौं, तर त्यतिबेला केही कागजात अपूरा थिए,’ उनले भने, ‘आज वकिलहरूसहित थप कागजात बुझाउन जाँदैछौं ।’