spot_img

नेपाल टेलिकमले टु जी सेवा बन्द गर्ने घाेषणा

spot_img

नेपाल टेलिकमले यसै आर्थिक वर्षभित्र १८ सय मेगाहर्जको टुजी सेवा बन्द गर्ने भएको छ। नेपाल टेलिकमको २१औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा टेलिकमको हालको अवस्था र भावी योजना प्रस्तुत गर्दै प्रबन्ध निर्देशक संगीता अर्यालले यस्तो जानकारी दिएकी हुन्।

अर्यालका अनुसार फोरजी सेवा विस्तार हाल तीन सय ३३ स्थानमा पूर्वाधार तयारी गरिएको, १२ सय स्थानमा फोरजी विस्तारको लागि बोलपत्र आह्वान अन्तिम चरणमा पुगेको छ।

हाल मोबाइल डेटामा ९० प्रतिशतभन्दा बढी हिस्सा फोरजी सेवा प्रयोगकर्ताको छ। त्यस्तै, फोरजी भोल्टी सेवा प्रयोगकर्ता ग्राहक ५८ लाखभन्दा बढी छन्। भोल्टी सेवा सपोर्ट गर्ने ह्याण्ड सेट बढेकोले प्रयोगकर्ता थप बढ्ने टेलिकमको अपेक्षा छ।

फोन, इन्टरनेट र टेलिभिजन सेवा एउटैबाट दिने फाइबर टु द होम सेवा पनि ७७ जिल्लामै पुगेको बताइएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img