spot_img

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर-९ काे जेष्ठ नागरिक तथा एकल महिलाहरूलाई देवघाट र शाश्वत धाम तिर्थाटन कार्यक्रम सम्पन्न

spot_img

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर-९ ले जेष्ठ नागरिक तथा एकल महिलाहरूलाई देवघाट र शाश्वत धाम तिर्थाटन गराएकाे छ। वडाकाे विनियाेजित बजेट ५ लाखबाट शनिबार र आइतबार २ दिन वडाबाट चितवन देवघाट र नवलपुरकाे शाश्वत धाम तिर्थाटन गराएकाे हाे।

६ वटा पर्यटकिय गाडीमा करीव १ सय ८० जना जेष्ठ नागरिक तथा एकल महिलाकाे टाेलि वडा कार्यालयबाट निस्केकाे तिर्थाटनकाे टाेलि २ दिन तिर्थाटन भ्रमण कार्यक्रम सम्पन्न भएकाे वडा अध्यक्ष जयकृष्ण बाेगटीले जानकारी दिनुभयाे।
जेष्ठ नागरिककाे माग अनुसार वडाकाे सामाजिक तर्फकाे बजेटबाट राखिए जेष्ठ नागरिक सम्मान देखि जेष्ठ नागरिक तथा एकल महिलाकाे टाेलि तिर्थाटन भ्रमण कार्यक्रम सम्पन्न भएकाे वडा अध्यक्ष बाेगटीकाे भनाइ छ।अध्यक्ष बाेगटीले थपे “जेष्ठनागरिककाे स्वास्थ्यलाइ मध्यनगर गर्दै हरेक गाडीमा औंषधी देखि स्वास्थ्यकर्मी,खाजा,फलफुल देखि आश्रममा खाना र वासकाे राम्राे व्यवस्था गरिएकाे थियाे।”

बुढेसकालमा टाेलछिमेकमा पुराना दाैतरीसँग धार्मीक स्थलहरूमा तिर्थाटन गर्न पाउँदा जेष्ठ नागरिक तथा एकल महिलाहरू प्रफुलित देखिन्थे। भ्रमण टाेलिमा सहभागि जेष्ठ नागरिम इन्द्र बहादुर थापाले वडा कार्यालयले विगत देखिनै जेष्ठ नागरिक सम्मान देखि जेष्ठ नागरिक तथा एकल महिलाकाे तिर्थाटन भ्रमण कार्यक्रम उत्कृष्ट भएकाे बताए। उनले थपे ” बुढेसकालमा घरबाहिर निस्कन निकै गाह्राे र समय पनि नमिल्ने हुन्छ वडाले नै सबै व्यवस्था गरेर घुमाएकाे भन्दै वडालाइ धन्यवाद दिए।”
यस्तै भ्रमणमा सहभागि कान्छि श्रेष्ठले तिर्थाटन कार्यक्रम निरन्तरता दिन सुझाव दिइन्।

देवघाट कालीगण्डकी र त्रिसुली नदी मिसिएपछि नारायणी नदि बन्दछ। चितवन,तनहुँ र नवलपरासी जिल्लाको संगमस्थल भएकाले यस्को इतिहास,धार्मिक र पर्यटकिय महत्त्व धेरै रहेकाे छ। देशभरबाट हजाराैँ तीर्थालु यस धाममा पुग्ने गर्दछन् आइतबार धनगडी उपमहानर कैलालीका सयाैँ जेष्ठ नागरिक तीर्थाटन यात्रामा पुगेका थिए । यस धाममा भारतबाट समेत तीर्थालु पुग्ने गर्दछन्।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img