ललितपुरकाे महालक्ष्मही नगरपालिका वडा नम्वर-६ सिध्द्दिपुर परम्परा देखि अहिलेसम्म पनि हजाराैं जनता कृषी खेतीका लागि सिंचाइ गर्न सिध्द्दिपुर देखि बाँडेगाउँ गोदावरी खोलासम्मकाे राजकुलो सरसफामा हरेक वर्ष जुट्ने गर्छन्।
शनिबार सिध्द्दिपुरबाट हजाराैँ जनताहरूकाे लस्कर राजकुलाे सरसफाइ गर्न निस्केका थिए। विभिन्न गुठिहरूकाे नेतृत्वमा अहिले पनि १२ सय भन्दा बढी मान्छेहरू र परम्परा देखि नै राजकुलाे सफसफाइ गर्ने गरेकाे अध्यक्ष धर्म महर्जनले जानकारी दिए । उनका अनुसार सानागाउँ र सिध्दिपुरकाे खेतियाेग्य जमिनलाइ कृषी याेग्य भुमी याेजना घाेषणा गरेसँगै खेतीयाेग्य जमिन किनबेच भन्दा पनि खेतीका लागि प्रयाेग भएकाेले राजकुलाेकाे महत्व बढी छ।
राजकुलाे सरसफाइ अभियानमा अध्यक्ष महर्जन सहित,वडा सदस्य सुरेन्द्र महर्जन,सुशान्त महर्जन र सोभा महर्जन सहित गुठियारहरू र स्थानीयहरूकाे उपस्थितिमा भएकाे थियाे ।
सिंचाइका लागि बाँधबाट पानी ल्याउन समस्या भएकाले याे वर्ष नै २२ लाख ३२ हजार लागतमा आरसिसी बलियो बांध निर्माण गर्न लागिएको अध्यक्ष धर्म महर्जनले जानकारी दिनुभयो।
असार १० गते भित्र काम सक्नेगरि धमाधम काम गर्ने बताइएको छ। सिंचाइबाट १२ हजार भन्दा बढी स्थानीय लाभान्वित हुने गर्छन् ।