दाङ,रोल्पामा बिहीबार दिउँसो भएको जिप दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्।रोल्पाका प्रहरी प्रमुख डिएसपी वीरेन्द्रबहादुर विश्वकर्माका अनुसार दुर्घटनामा परी घटनास्थलमै १८ जनाको मृत्यु भएको हो।
‘अठार जनाको घटनास्थलमै मृत्यु भएको छ,’ उनले भने, ‘एक जना उछिट्टिएर घाइते भएको भन्ने छ।’दिउँसो करिब पौने ३ बजेतिर रूकुम पूर्वको सिस्ने गाउँपालिकाबाट वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने ठूलो मेलाका लागि गइरहेको लु १ ज ४१६७ नम्बरको जिप झन्डै ८०० मिटरमुनि खसेको थियो।
थवाङ गाउँपालिका – १ सल्यापबाट जिप झन्डै ८०० सय मिटरमुनि खसेको हुँदा ठूलो मानवीय क्षति भएको डिएसपी विश्वकर्माले बताए।
घटनास्थल जटिल भूगोल हुनुका साथै पानी परिरहेको हुँदा उद्धार कार्यमा ढिलाइ भएको डिएसपी विश्वकर्माले जानकारी दिए।