पूर्व राज्यमन्त्री तथा सांसद धनबहादुर बुढाद्वाराः “अनाथ आश्रमलाइ २० हजार सहयाेग हस्तान्तरण”

काठमाडाैँ,विश्वभरी महामारीका रूपमा फैलिएकाे काेराेना भाइरसका कारण नेपालमा लकडाउन जारी छ । लकडाउनका कारण मजदुर,विद्यार्थी र उपचारका लागि काठमाडाैँ आएका नागरिक समस्या परिरहेका छन् । अनाथ आश्रम लगाएतका सामाजिक क्षेत्र त लकडाउनकाे चपेटाका कारण समस्या थपिएकाे छ । काठमाडाैँकाे बालाजुमा रहेकाे नेपाल मानव सेवा संस्थालाइ डाेल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले २० हजार सहयाेग हस्तान्तरण गर्नुभएकाे छ ।

लकडाउनका कारण उक्त संस्थामा रहेका ३० जना विद्यार्थी समस्या भएकाे खवर पुगेपछि सांसद बुढाले २० हजार सहयाेग गरेकाे हुन् । यस्ताे विसम परिस्थितिमा अनाथ बालबालीकालाइ सहयाेग गरेकाेमा सञ्चालीका सरू रानाभाटले सांसद बुढालाइ धन्यवाद दिनुभयाे । सांसद बुढाले पठाएकाे रकम पत्रकार रूपक कुलालले संस्थामै पुगेर हस्तान्तरण गर्नुभएकाे थियाे । उक्त संस्थामा डाेल्पाका अनाथ बालबालिका समेत रहेका छन् ।

केहिदिन अघि मात्रै सांसद बुढाले काठमाडाैँमा समस्यामा परेका डाेल्पाका २२ जना विद्यार्थीलाइ २ हजारका दरले सहयाेग गर्नुभएकाे थियाे ।

यस्तै केहि दिन अघि सांसद बुढाले मुड्केचुला गाउपालिका वडा नं ५ सुरका  वडाध्यक्ष रबिन्द्र बहादुर शाहीलाइ उपचारका लागि ५० हजार आर्थीक सहयाेग हस्तारन्तरण गर्नुभएकाे थियाे ।

पूर्व पर्यटन राज्य मन्त्री समेत रहेका बुढा जनप्रतिनिधि मात्र नभएर समाजेवि समेत हुन् । पहिलाे चरणकाे महामारीमा समेत विपन्न र दलित समुदायका जनतालाइ राहत व्यापक रूपमा उपलब्ध गराएका सांसद बुढाले यस पटक पनि काठमाडाैँमा अलपत्र परेका विद्यार्थी,विरामी र विरामीका कुरूवाका साथसाथै विपन्न र दलित समुदायका सर्वसाधरणलाइ राहत वितरण गरिराखेका छन् । दैनिक जसाे घरमा आउने र सम्पर्कमा आएकाहरूलाइ नगद सयाेग गरिराखेकाे र महामारी हुन्जेल सहयाेग जारी राख्ने सांसद बुढाकाे भनाइ छ । केहि दिन अघिमात्रै  सांसद बुढाले काेराेना विरूद्द लड्न डाेल्पा जिल्लाका लागि ३ लाख व्यक्तिगत सहयाेग हस्तान्तरण गर्नुभएकाे थियाे ।

यस्तै सांसद बुढाले काठमाडाैँ काेहि डाेल्पाली नागरिक लकडाउनका कारण फसेकाे,दैनिक छाकटार्नमा लगाएत उपचारमा समस्या भए तत्काल सम्पर्क गर्न आग्रह गरेका छन् । मेराे सहयाेग कुनै राजनीतिक आस्थाका आधारमा नभइ,जुन सुकै राजनीतिक दलकाे भएपनि सबै डाेल्पाली नागरिकलाइ समस्या अनुसार सकेकाे सहयाेग गर्ने पूर्व मन्त्री बुढाकाे प्रतिवद्दता छ ।

 

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

वैशाखमा निर्वाचन नगरे पार्टीले ठूलो मूल्य चुकाउनुपर्छ ः गगन थापा

काठमाडौं,नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचन वैशाखमा नगर्ने कुरा अमान्य हुने बताएका छन् । सत्ता गठबन्धनले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने संकेत...

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ, नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । यसका लागि बोलकबोलको सूचना सार्वजनिक भइसकेको छ । ‘विकास ऋणपत्र...

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

काठमाडाैँ, सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ...

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

काठमाडाैँ,आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -
error: Content is protected !!