spot_img

तेस्रो खेलमा नेपालकाे वेस्ट इन्डिजसँग लज्जास्पद हार

spot_img

नेपाली राष्ट्रिय क्रिकेट टोली बुधबार वेस्ट इन्डिज ‘ए’विरुद्ध तेस्रो खेलमा ७६ रनले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा नेपालले दुई सय २८ रनको लक्ष्य पछ्याउँदा १९.२ ओभरमा सबै विकेट गुमाएर एक सय ५१ रन बनाएको थियो। पाँच खेलको टी–२० सिरिजमा वेस्ट इन्डिजले २–१ को अग्रता लिएको छ। नेपालले पहिलो खेलमा वेस्ट इन्डिजलाई हराएको थियो।

घरेलु टोलीका खेलाडीले एकरूपताका साथ ब्याटिङ गर्न नसक्दा नेपालको हार भएको हो। मध्यक्रमका खेलाडीहरू सस्तै रनमा पेभेलियन फर्किएका थिए। आरिफ शेख तीन रन, गुल्सन झा ६ रन, विवेक यादव तीन रन तथा कप्तान दीपेन्द्रसिंह ऐरी सात रनमा आउट भएका थिए। करण केसीले १७ बलमा एक छक्का र तीन चौकाको सहयोगमा २८ रन बनाउँदा नेपालले एक सय १५ रन कटाएको थियो।

नेपालका लागि ओपनर लोकेश बलमे २९ बलमा २८ रन बनाए । विनोद भण्डारीले १५ बलमा १९ रन जोडे। अनिल शाहले १० बलमा १४ रनको योगदान दिए। यसैगरी कुशल मल्लले २० रन बनाउन ११ बलको सामना गरे। हेडन वाल्सले २८ रनमा तीन विकेट लिएका थिए। यसअघि पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ का लागि पाहुना टोलीका लागि जोनसन चार्ल्सले शतकीय इनिङ्सको योगदान दिए। उनले केवल ६१ बलमा सात छक्का र १३ चौका प्रहार गरी एक सय १९ रन बनाएका थिए।

एन्ड्रे फलेचरले ३३ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५३ रन जोडे । फाविआन एलेनले नौ बलमा दुई चौका र एक छक्का प्रहार गरी १९ रन जोडे। किमो पाउलले सात बलमा समान एक चौका र एक छक्का प्रहार गरी १३ रन जोडेका थिए।

तेस्रो खेलमा नेपालका लागि करण केसी र सागर ढकालले मात्र विकेट लिन सफल भए। करणले चार ओभरमा ५४ रन खर्चँदै एक विकेट हात पारे। सागरले चार ओभरमा ४१ रन खर्चिएका थिए। कप्तान दीपेन्द्रसिंह ऐरीले वेस्ट इन्डिजविरुद्ध ६ बलर प्रयोग गरेका थिए। विवेक यादवले दुई ओभरमा २८ रन दिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img