spot_img

डोल्पाका सबै सांसद मन्त्रीः”अव याे वा त्याे वहानामा विकास राेकिनु हुन्न,मुल्याङ्कन जनताले गर्नेछन्”

spot_img

डोल्पा,हिमाली जिल्ला डोल्पाबाट प्रतिनिधिसभा र कर्णालीसभामा प्रत्यक्ष निर्वाचित र समानुपातिक सबै सांसद मन्त्री बनेका छन् । प्रतिनिधिसभा सदस्य धनबहादुर बुढा संघीय सरकारको र कर्णाली प्रदेशसभामा निर्वाचित वीरबहादुर शाही र शेरबहादुर बुढा कर्णाली सरकारको मन्त्री बनेका हुन् । भने याे भन्दा पहिले समानुपातिक सांसद उर्मिला विश्वकर्मा मन्त्री बनिसक्नु भएकाे छ।

मंगलबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सांसद शाही र बुढालाई मन्त्री नियुक्त गरेका हुन् । डोल्पा जिल्ला प्रदेश क बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद बुढा भौतिक पूर्वाधारमन्त्री र प्रदेश ख बाट निर्वाचित नेकपा (माओवादी केन्द्र)का सांसद शाही सामाजिक विकासमन्त्री नियुक्त भएका हुन् ।

शाही यसअघि कर्णालीको उद्योग पर्यटन वन तथा वातावरणमन्त्री बनेका थिए । डोल्पाबाटै प्रतिनिधिसभामा निर्वाचित सांसद धनबहादुर बुढा यसअघि सङ्घीय सरकारमा एकीकृत समाजवादीबाट सहरी विकासमन्त्री छन् । सबै मन्त्रीले जिल्लाकाे विकासले काँचुली फेर्ने दावी गरेका छन्। पूर्व मन्त्री उर्मीला विश्वकर्माले १ वर्षे कार्यकालमा जलस्राेत तथा उर्जा विकास मन्त्री हुँदा डाेल्पाकाे खानेपानी,विद्युत र सिंचाइकाे क्षेत्रमा उलेख्य काम गरेकाे बताउँनु भयाे। बजेट कार्यन्वयनकाे अवस्थामा मन्त्री पद गएकाेले साेचे अनुसार काम गर्न नसेकाे उहाँकाे भनाइ छ।

एउटै जिल्लाबाट संघीय सरकारमा एक र प्रदेश सरकारमा दुई मन्त्री नियुक्त भएपछि जिल्लामा सडक पूर्वाधारलगायतका विकासले गति लिने अपेक्षा गरिएको छ । विशेषगरी डाेल्पामा पूर्वाधार विकासमा निकै पछि परेकाे छ। हालसम्म मुड्केचुला गाउँपालिका र काइके गाउँपालिका सडक सञ्चालले जाेडिएका छैनन्।

भेरी करिडाेरमा बन्न अझै बाँकी छ जसका कारण उपल्लाे डाेल्पा पर्ने डाेल्पाेबुद्द छार्का ताङसाेङ र शे फाेक्सुण्डाे गाउँपालिका सडक सञ्जालमा जाेडिन सकेका छैनन्। रारा,जुम्ला,डाेल्पा र मुस्ताङ राेड,ल्यासिक्याप,छार्का र मुस्ताङ राेडकाे विकासलाइ ३ जना मन्त्रीले पूर्णता दिनुपर्ने छ। भेरी करिडाेरमा तल्लु देखि दुनैसम्म पक्की पुल र सडककाे स्तरउन्नतीलाइ कुनैपनि हालतमा पूर्णता दिनुपर्ने देखिन्छ।

यस्तै स्वास्थ्य,खानेपानी,शिक्षा र राेजगारीकाे पनि जिल्लामा भयावह अवस्था छ। सबै क्षेत्रकाे विकास ३ वटा मन्त्री भएकाे बेला कति हुँदाेरैछ डाेल्पाली जनताले नजिकबाट नियाली रहेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img