spot_img

क्रियाशील बाँडेरै सकिएको छैन, देउवालाई लाग्यो महाधिवेशन

spot_img

काठमाडाैँ, नेपाली कांग्रेसको अधिवेशनका लागि मतदाता हुन्– क्रियाशील सदस्य।७७ मध्ये ३ जिल्लामा अझै क्रियाशील वितरण गरिसकिएको छैन। वितरण सकिएका कतिपय क्षेत्रका विवरण पार्टीको केन्द्रीय सफ्टवेयरमा इन्ट्री हुन बाँकी नै छ।कांग्रेस केन्द्रीय कार्यालयका अनुसार सिन्धुपाल्चोक, बारा र सप्तरीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम सकिएका छैनन्।केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका सचिव केशव रिजालका अनुसार गत जेठ १५ गतेसम्म ८ लाख ३ हजार १७ जना क्रियाशीलको विवरण आएको थियो। त्यसपछि सफ्टवेयरमा इन्ट्री गर्न बन्द गरिएको थियो। अहिले फेरि पाँच दिनका लागि भन्दै विवरण इन्ट्री गर्ने समय दिइएको छ।कांग्रेसले क्रियाशील सदस्य संख्या १० लाख पु¥याउने बताएको छ। जसअनुसार अझै दुई लाख क्रियाशीको विवरण केन्द्रमा आउन बाँकी छ।‘सिन्धुपाल्चोक, बारा र सप्तरीका केही क्षेत्रबाट इन्ट्री हुन बाँकी नै छ,’ उनले भने, ‘५ दिन समय दिएका छौं।’यीमध्ये केही ठाउँमा क्रियाशील वितरण गरे पनि सफ्टवेयरमा इन्ट्री गर्न ढिलाइ भएको छ।

कांग्रेस सप्तरीका सभापति दिनेश यादवले क्रियाशील सदस्यता वितरणको काम करिब सकिएको बताए। ‘क्रियाशील बाँडेर करिब सकियो, तर इन्ट्री भइसकेको छैन,’ उनले भने, ‘जिल्लामा अहिलेसम्म १७ हजार क्रियाशील पुगेका छन्।’उनले कोरोनाका कारण गाउँगाउँमा गएर क्रियाशील वितरण गर्न अप्ठ्यारो परेको बताए।‘क्रियाशील वितरण गर्न कोरोनाले नै समस्यामा पा¥यो,’ उनले भने, ‘समायोजन विवाद भने टुंगेको छैन, विवादबीच नै क्रियाशील बाँड्‍यौं।’यस्तै समस्या बारामा पनि छ। बारा कांग्रेस सभापति जयचन्द्र चौरासियाले वडा तहमै समायोजन विवाद कायमै रहेको बताए।‘यहाँका सबै क्षेत्रमा समायोजन विवाद छ। वडा सभापतिमै कुरा मिलेको छैन, केन्द्रीय निर्वाचन समितिले असार १० भित्र विवाद सल्टाइदिने बताएको छ,’ उनले भने।उनकाअनुसार क्रियाशी वितरण भने जिल्लामा करिब सकिएको छ। ‘अब एक हजार जति वितरण गर्न बाँकी छ,’ उनले भने, ‘क्रियाशील वितरण गरेको विवरण केन्द्रमा इन्ट्री गर्ने काम करिब आधा भयो होला।’

उनकाअनुसार अहिलेसम्म छ हजार क्रियाशील सदस्य वितरण गरिसकिएको छ।उपसभापति विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएका नेता÷कार्यकर्तालाई वडा तहमा समायोजन गर्न कांग्रेसले एक वर्षदेखि प्रयास गरे पनि सकेको छैन।कांग्रेसमा क्रियाशील सदस्य वडा तहको मतदाता हुन्। यस्तै प्रतिनिधि सभा क्षेत्रीय प्रतिनिधि महाधिवेशन प्रतिनिधि हुन् र उनीहरूले केन्द्रीय कार्यसमिति निर्वाचित गर्छन्।

वितरण गरेर सफ्टवेयरमा इन्ट्री गरिएका क्रियाशील सदस्यताका विवरणमा पनि विवाद देखा परेका छन्। करिब एक हजार एक सय उजुरीबारे केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले छानविन गरिरहेको छ।कसैको नवीकरण हुन छुट भएको भए असार ९ गतेभित्र जानकारी गराउन समितिले समय पनि दिएको छ।असार २० गतेभित्र उक्त समितिले सभापति शेरबहादुर देउवालाई क्रियाशीलको विवरण बुझाउनुपर्ने कार्यतालिका छ। असार ३० गतेभित्र सभापति देउवाले क्रियाशीलको विवरण केन्द्रीय निर्वाचन समितिलाई बुझाउनुपर्नेछ।

जिल्लाहरूमा क्रियाशी वितरण र इन्ट्री ढिलाइ हुँदा यो कार्यतालिका प्रभावित हुने देखिन्छ। कांग्रेसले वडा तहको अधिवेशन साउन १२ गतेदेखि गर्ने कार्यतालिका बनाएको छ।यसबीच सभापति देउवाले भने आगामी कार्यकालका लागि पनि सभापतिमा उठ्ने तयारी गरेर भेटघाटलाई तीव्रता दिइरहेका छन्। मतदाता नै नटुंगिएका बेला देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यसँग सभापतिमा सहयोग गर्न आग्रह गरिसकेका छन्।

देउवासहित उनी पक्षका दुई नेता विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ सभापतिका लागि आकांक्षी छन्। निधिले शनिबार देउवालाई भेटेर आफू सभापति उठ्ने जानकारी गराइसकेका छन् भने श्रेष्ठले पनि देउवासमक्ष सभापति उठ्ने कुरा पु¥याइसकेका छन्।भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सभापति उठ्न र जित्नका लागि देउवालाई आफ्नै समूहमा रहेका निधि र श्रेष्ठलाई मिलाउनेदेखि इतर समूहलाई पनि विश्वासमा लिनुपर्ने चुनौती छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img