spot_img

प्रचण्डको गृहजिल्ला भनेर सरकारले चितवनलाई उपेक्षा ग¥यो ः प्रचण्ड

spot_img

काठमाडाैँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डको गृहजिल्ला भनेर ओली सरकारले चितवनलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।मंगलबार विपत् व्यवस्थापन र जानकारीसम्बन्धी अन्तर्क्रिरया कार्यक्रममा बोल्दै प्रचण्डले चितवनको समस्या हल गर्न र विकास निर्माणको कामलाई सकारात्मक बनाउन अहिलेको सरकारले नचाहेको बताए ।

प्रधानमन्त्री केपी ओलीले चितवनलाई एउटा जिल्ला हो भन्ने भन्दा पनि प्रचण्डको गृहजिल्ला भनेर छुट्याएको बताए । उनले चितवनमा विकास भयो भने प्रचण्डले फाइदा उठाउँछ भनेर ओली सरकारले चितवनलाई उपेक्षा गरेको टिप्पणी गरे ।

भरतपुरलाई स्मार्ट सिटीको रूपमा विकास गराउन बारम्बार आग्रह गर्दा पनि सरकारले बजेट विनियोजन नगराएको उल्लेख गरे । मंगलबार बिहान उनले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन पनि गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img