काठमाडाैँ, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सिंगो कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न अपिल गरेका छन्।मदन भण्डारीको ७० औं जन्मजयन्तीमा शुभकामना व्यक्त गर्दै आज जारी गरेको विज्ञप्तिमा नेता नेपालले कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न नेता तथा कार्यकर्तामा आह्वान गरेका छन्‘विद्यमान वैचारिक–राजनैतिक–साँस्कृतिक–आर्थिक विचलन, विकृति, विसंगति, सांगठनिक बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयकका शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा हार्दिक आह्वानसहित जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु,’ नेता नेपालले भनेका छन्उनले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारप्रति आलोचना पनि गरेका छन्।
‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिष्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अबलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरू नष्ट गर्ने तथा संविधानमाथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिष्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तितो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो,’ नेता नेपालले भनेका छन्।नेता नेपाल पछिल्लो समय विपक्षी गठबन्धनमा सक्रिय छन्। नेपालसहित उनी पक्षका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भावी प्रधानमन्त्रीमा अगाडि सारेर हस्ताक्षर गरेपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले उनलाई कारवाही गरेका थिए।