spot_img

पौडेललाई जिल्ला सभापतिले भने– टिमले जित्ने कि नजित्ने तपाईंको हातमा छ

spot_img

काठमाडौं,वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् । काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरूलाई बोलाएर पौडेलले पार्टीको महाधिवेशन र नेतृत्वका विषयमा परामर्श गरेका हुन् ।भेटमा पौडेलले आफू सभापतिका लागि स्वाभाविक उम्मेदवार भएकाले सहयोग गर्न आग्रह गरेका थिए । ‘मैले अघिल्लो महाधिवेशनमा पनि प्रतिस्पर्धा गरेको हुँ । म अहिले पनि स्वाभाविक उम्मेदवार हुँ । अरू कोही उम्मेदवार हुँदा सबै नेताहरू आँट्ने अवस्था छैन । म हुँदा सबै साथीहरू अटाउनुहुन्छ । देउवालाई पराजित गर्न सकिन्छ, त्यसका लागि तपाईंहरूले भूमिका खेलिदिनुस्,’ पौडेलले आग्रह गर्दै भनेका थिए ।

जिल्ला सभापतिहरूले भने सिंगो टिमलाई मिलाएर एकताबद्ध रूपमा देउवाविरुद्ध उम्मेदवारी दिन सुझाब दिएका छन् । ‘अहिलेको नेचुरल क्यान्डिडेट तपाईं नै हो । तर, नेताहरूको व्यवस्थापनको चुनौती पनि निकै ठूलो छ । यसलाई छिटोभन्दा छिटो व्यवस्थापन गरेर देशभर एउटा सन्देश दिनु जरुरी छ,’ भेटमा आफूले पौडेललाई आग्रह गरेको सुनाउँदै धादिङका सभापति रमेश धमलाले  भने, ‘यो समय तपाईंले आफ्नो भूमिका बढाउनुपर्ने वेला हो । अब पनि टिमले जित्ने कि नजित्ने भन्ने कुरा तपाईंको हातमा छ ।’

पौडेलले जिल्ला सभापतिहरूसमक्ष आफलाई सभापति शेरबहादुर देउवासँगै रिटायर्ड गराएर पुस्तान्तरण गर्ने बहस चलाइएकोप्रति गुनासो गरे । पौडेलले आफूले पार्टी र सत्ता दुवैको नेतृत्वसमेत गर्न नपाएको भन्दै आफूमाथि परीक्षण नै नभएको दाबी गरेका थिए । ‘मिलाएर आफ्नै नेतृत्वमा जित्ने गरी टिम बनाउनुस् । होइन मिलेन भने त्यस्तो विवाद नहुने मान्छेलाई सभापतिको उम्मेदवार बनाउनुस्,’ जिल्ला सभापतिले भनेका थिए ।

नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले अहिलेको संस्थापनइतर समूहबाट एकताबद्ध भएर उम्मेदवारी तय गरेर अघि बढ्न सुझाब दिएको बताए । ‘अहिलेकै नेतृत्व रह्यो भने कांग्रेसले आगामी चुनावमा झन् ठूलो हार व्यहोर्नुपर्ने हुन सक्छ । त्यसैले एक मात्रै उम्मेदवार खडा गर्नुस् भनेर आग्रह ग¥यौँ,’ उनले भने ।

चाबहिलमा भएको छलफलमा काठमाडौं, नुवाकोट, धादिङ, रोल्पा, खोटाङ, मोरङ, ताप्लेजुङ, रामेछापलगायत १३ जिल्लाका सभापतिहरू सहभागी थिए । जिल्लासभापतिहरूले पार्टीको विधान, नियमावली र कार्यविधिअनुसार क्रियाशील सदस्यताको विवाद समाधान गरी समयमै महाधिवेशन हुने सुनिश्चित गर्न आग्रह गरेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img