काठमाडाैँ, आन्तरिक विवाद उत्कर्षमा पुगेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।नेपालसँग कुरा गर्न अध्यक्ष प्रचण्ड मंगलबार दिउँसो उनको निवास कोटेश्वर पुगेका थिए।एमालेको विवाद मिलाउन कार्यदलको बैठक बसिरहेका बेला नेकपा हुँदा एउटै समूहमा रहेका नेपाल र प्रचण्डबीच कुराकानी भएको हो।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध बनेको विपक्षी गठबन्धनमा नेपाल र प्रचण्ड दुबै जना छन्। नेपाल समूहका २३ जना प्रतिनिधि सभा सदस्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा परेको रिटमा हस्ताक्षर गरेका छन्।आजै प्रचण्डले उक्त मुद्दामा सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र देउवा नै प्रधानमन्त्री हुने बताएका थिए।