spot_img

सर्वोच्चको फैसलाले संविधान र लोकतन्त्रलाई रक्षा ग¥यो ः नारायणकाजी

spot_img

काठमाडाैँ, नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद् पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्च अदालतको परमादेशले संविधान र लोकतन्त्रको रक्षा गरेको बताएका छन्।उनले सर्वोच्चको आजको परमादेशपछि प्रतिक्रिया दिँदै सर्वोच्चको परमादेशले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पु¥याएको बताएका छन्।

‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पु¥याएको छ । यसको हामी स्वागत गर्छौं। प्रतिगमनको विरूद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरू ,नागरिक आन्दोलन र आमजनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु’, उनले भने।

यो फैसलाले पुनः एकपटक संविधान र लोकतन्त्रको रक्षा गर्ने काम गरेकोसमेत उनले बताए।सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा विघटन विरुद्ध १४६ सांसदले दायर गरेको रिटमाथि फैसला सुनाउँदै कांग्रेस सभापति शेरबहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img