spot_img

कोरोना उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

spot_img

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना उपचार, रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।बुधबार सिंहदरवारमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको छलफलमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणलाई चुस्त बनाउन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री नियुक्त भएको दोस्रो दिनमा देउवाले कोरोनाको उपचार, रोकथाम र व्यवस्थापनका बारेमा भएका कामकारवाहीका बारेमा जानकारी लिएका हुन् ।‘कोभिड–१९ को उपचार, रोकथाम र व्यवस्थापनका बारेमा हालसम्म भएका काम–कारवाहीका विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग जानकारी लिएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सन्जालमा लेखेका छन्, ‘कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको छु ।’

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारको मंगलबार साँझ बसेको पहिलो बैठकले चैत मसान्तभित्र खोप लगाउन योग्य सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउने निर्णय गरेको थियो ।देउवा सरकारले कोरोना नियन्त्रण र खोपको उपलब्धतालाई प्राथमिकता दिएको छ । सरकारले कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएको सम्पूर्ण खर्च विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।साथै कोरोना नियन्त्रणमा अग्रमोर्चामा रहेर काम गर्दैस्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई एक हप्ताभित्रै जोखिम भत्ता वितरण सुरु गर्ने निर्णय पनि गरेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img