काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षसँग पनि विश्वासको मत मागेका छन् अध्यक्ष ठाकुरलाई पत्र लेख्दै प्रधानमन्त्री देउवाले आइतबार संसदमा आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । उनले जसपा ठाकुर पक्षका सबै सांसदहरुको तर्फबाट विश्वासको मत दिन देउवाले आग्रह गरेका छन् ।
सर्वोच्च अदालतको फैसलापछि संविधानको धारा ७६(५) बमोजिमप्रधानमन्त्रीमा नियुक्त देउवाले आइतबार विश्वासको मत लिंदैछन् । जसपाको उपेन्द्र यादव पक्षका १७ जना विश्वासको मतको पक्षमा खुलिसकेको यादव पक्षले दाबी गरेको छ ।