spot_img

नयाँ पार्टी सनाखत गर्न माधव नेपालहरू आज निर्वाचन आयोग जाँदै, त्यसअघि ओलीले पत्रकार सम्मेलन गर्ने

spot_img

काठमाडाैँ, प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित उनी पक्षमा रहेका केन्द्रीय सदस्यहरू र सांसदहरू आज निर्वाचन आयोगमा सनाखतका लागि जाने भएका छन्।चन्द्रागिरिमा गत सोमबारदेखि केन्द्रीय कमिटी बैठक राखेका अध्यक्ष नेपालले आज उक्त बैठक सकेर त्यहीँबाट निर्वाचन आयोगमा जाने तयारी गरेका छन्।निर्वाचन आयोगले बुधबार बिहान ११ः३० देखि दिउँसो २ बजेभित्र सनाखतका लागि भौतिक रूपमा उपस्थित हुन समय दिएको छ। वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारत रहेकोले नेपाल पक्षले २० प्रतिशत सांसद पु¥याउन नसक्ने देखिएको छ।

तर उनले २० प्रतिशत केन्द्रीय सदस्य भने पु¥याउने देखिन्छ। एमालेका केन्द्रीय सदस्य र सांसदहरूले नेपाललाई पार्टी खोल्न साथ दिएका छन्।अध्यक्ष नेपाल आयोग जाने समय पारेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना गरेका छन्। बुधबार बिहान ११ बजे तुल्सीलाल स्मृति भवनमा पत्रकार सम्मेलन गर्ने तयारी रहेको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

अध्यक्ष ओलीले स्थायी कमिटी बैठकका निर्णय, पार्टीको फैसला र पार्टी जीवनमा देखिएको पछिल्लो अवस्थादेखि देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा केन्द्रित रहेर आफ्ना धारणा राख्न पत्रकार सम्मेलन गर्न लागेका हुन्।माधव नेपाललाई साथ दिँदै आएका १० जना एमाले स्थायी कमिटी सदस्यहरू मंगलबार स्थायी कमिटी बैठकमा सहभागी भएका थिए। उनीहरूले नयाँ पार्टी बनाउन नेता नेपाललाई साथ दिएनन् भने पार्टी एकताकै पक्षमा रहेको भन्दै एमाले स्थायी कमिटी बैठकमा उपस्थित भएका थिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img