spot_img

आयोगमा माधव नेपाल पक्षका ५४ केन्द्रीय सदस्य र २९ सांसदले गरे सनाखत

spot_img

काठमाडाैँ, नेकपा एमाले विभाजन गरेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता गर्न ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदले सनाखत गरेका छन्।निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार बुधबार दिउँसो उनीहरूले आयोगमा पुगेर सनाखत गरेका हुन्। नेता झलनाथ खनालले भने भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट पत्र पठाएर सनाखत गरेको श्रेष्ठले बताए।

चार जना संघीय सांसद भने नयाँ पार्टीका पक्षमा सनाखत गर्न निर्वाचन आयोगमा पुगे पनि उनीहरूले सनाखत गर्न पाएनन्। उनीहरूका विषयमा आयोगले निर्णय गर्ने श्रेष्ठले बताए। यी चार जना सांसदको सनाखत नभए नयाँ दल बनाउन चाहनेको संख्या एमालेको संसदीय दलको २० प्रतिशत पुग्दैन।

केही समयअघि जारी भएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलका २० प्रतिशत सदस्यले नयाँ दल दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ। एमाले केन्द्रीय कमिटी २०३ सदस्यीय थियो। नयाँ पार्टी दर्ता गर्न सनाखत गर्नेको संख्या २६.६० प्रतिशत पुग्छ। आयोगले अब यसैका आधारमा नेपाल नेतृत्वको पार्टी दर्ता गर्न सक्छ।आयोगका प्रवक्ता श्रेष्ठले नयाँ पार्टी दर्ताको प्रमाणपत्र आजै दिन सकिने बताएका छन्।‘अब यति जनाको सनाखत भयो भन्ने विवरण आयोगलाई बुझाइन्छ, आजै प्रमाण पत्र दिन पनि सकिन्छ,’ श्रेष्ठले भने।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img