spot_img

काँग्रेसले प्रकाशित ग¥यो ४८ जिल्लाका क्रियाशील सदस्यताको लिष्ट, को–को परे ? यसरी हेर्नुहोस् नामावली

spot_img

काठमाडौं,  नेपाली काँग्रेसले १४औँ महाधिवेशनका ४८ जिल्लाका क्रियाशील सदस्यताको लिष्ट सार्वजनिक गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको हो ।काँग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम बिहीबार ३८ जिल्ला र शुक्रबार १० जिल्लाका क्रियाशील सदस्यको नामावली पार्टीको वेबसाइटमा प्रकाशित गरेको हो।

क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।निर्वाचन समितिले भदौ १० गते ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, दोलखा, रामेछाप, सिन्धुली, भक्तपुर, गोरखा, लम्जुङ जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशन गरेका थियो ।

त्यस्तै सोही दिन तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, नवलपुर (वर्दघाट सुस्तापूर्व), नवलपरासी (वर्दघाट सुस्ता पश्चिम), रुपन्देही, पाल्पा, रुकुम (पूर्वी भाग), रोल्पा, रुकुम (पश्चिम भाग), जुम्ला, मुगु, हुम्ला, बझाङ, डोटी, दार्चुला, बैतडी र कञ्चनपुरको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको थियो ।यसैगरी भदौ ११ गते समितिले धनकुटा, भोजपुर, गुल्मी, प्यूठान, दाङ, सल्यान, जाजरकोट, दैलेख, अछामको क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको संयोजक यादवले बताए।

सदस्यता प्रदेश, जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, स्थानीय तह र वडा गत रुपमा हेर्न सकिन्छ । नेपाली कांग्रेसको आधिकारिक वेवसाइट  खोले सदस्यता खोज्न सकिने नेपाली कांग्रेसले जनाएको छ ।वेवसाइट खुलीसकेपछि मेनुमा रहेको कृयाशील सदस्यतामा क्लिक गरेपछि अर्को लिंक खुल्छ । सोही लिंकमा सुरुका प्रदेश छनोट गर्न पर्नेछ । प्रदेश छनोट गरेपछि जिल्लाको नामहरु देखिने छ ।जिल्लाको नाममा क्लिक गरेपछि प्रतिनिधिसभा निर्वाचन क्षेत्र जोज्ने अप्सन आउने छ । निर्वाचन क्षेत्र रोजीसकेपछि प्रदेशसभा निर्वाचन क्षेत्र रोज्न पर्ने छ । प्रदेशसभा रोजीसकेपछि आफ्नो स्थानीय तह रोज्ने अप्सन आउने छ । स्थानीतह रोजीसकेपछि वडाहरु लिष्ट देखिने छ ।वडा नम्बरमा क्लिक गरेपछि नयाँ वा नविकरण भनेर देखाउने छ । त्यसपछि फिल्टरमा क्लिक गरेपछि क्रियाशील सदस्यताहरुको नामावली हेर्न सकिने छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img