spot_img

पौडेल पक्षबाट को हो सभापतिको उम्मेदवार?, यी हुन् आकांक्षी

spot_img

काठमाडाैँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले आकांक्षीहरूबाटै सभापतिको उम्मेदवार छान्ने तयारी गरेको छ।वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालामध्ये एक जना सभापति उम्मेदवार हुने गरी छलफललाई तीव्रता दिइएको छ।वडा अधिवेशनअगाडि नै सकेसम्म सभापतिसहित प्यानल नै घोषणा गर्ने तयारीसाथ पौडेल पक्षले छलफल गरेको हो। मंगलबार बोहराटारमा पनि यस विषयमा कुराकानी भएको थियो।

बुधबार दिउँसो फेरि पौडेल पक्षको बैठक यही विषयमा छलफल गर्न बस्दैछ। १४ औं महाधिवेशनका लागि आफ्नो पक्षबाट सकेसम्म एक जना मात्रै उम्मेदवार छान्ने पौडेलको तयारी छ।केन्द्रीय सदस्य बलबहादुर केसीले सभापतिका आकांक्षीमध्येबाटै एक जना सभापतिको उम्मेदवार चयन गर्न छलफल गरिरहेको बताए।‘भदौ १८ अघि नै सभापति र पदाधिकारीमा को–को उठ्ने टुंग्याउने भन्ने छ। यदी अहिले सहमतिमा पुगिएन भने सबै नेताहरूले हामी एक छौं भन्ने सन्देश वडा अधिवेशनअगाडि दिन्छौं,’ केसीले भने।

सभापतिका अर्का उम्मेदवार प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई हराउन सक्ने उम्मेदवार दिनुपर्ने माग पौडेल समूहभित्र छ। चर्चामा रहेका चार जनाले अहिलेसम्म एकले अर्कालाई छाड्ने कुरा गरेका छैनन्, बरू आफू नै संगठनमा बलियो रहेको दाबी गरिरहेका छन्।स्रोतका अनुसार वरिष्ठ नेता पौडेलले आफू १३ औं महाधिवेशनकै घाइते रहेकोले पनि एकपटक सबैले सहयोग गर्नुपर्ने मत राख्छन्।महामन्त्री कोइराला आफूले मात्रै सभापतिमा देउवालाई हराउन सक्ने दाबी प्रस्तुत गरिरहन्छन् तर कसरी हराउने भन्ने प्रष्ट खाका उनीसँग छैन।महामन्त्रीमा जितेको र बिपीपुत्र भएकैले देशभरका नेता÷कार्यकर्ताको साथ रहने विश्वास उनको रहेको स्रोत बताउँछ।

पूर्वमहामन्त्री सिंह पनि आफू सभापतिका लागि बलियो उम्मेदवार हुने दाबी गर्दै आएका छन्। लामो समयदेखि तल्लो तहबाटै संगठनमा काम गर्दै आएकोले यसपटक सभापति उठ्न सहयोग गर्नुपर्ने सिंहले बताउने गरेका छन्।केन्द्रीय सदस्य शेखर भने आफू यसपटक सभापति पदमा उठिछाड्ने बताइरहेका छन्। १३ ‍औं महाधिवेशन सकिएलगत्तैदेखि उनी जिल्लाहरू पुगेर नेता÷कार्यकर्ता भेटिरहेका छन्। संगठनमा आफ्नो राम्रो पकड रहेको दाबी उनको रहेको स्रोत बताउँछ।

आकांक्षी चारै जनाले एकले अर्कालाई तत्काल छाड्न सहमति जनाउने सम्भावना कम छ।असोज पहिलो साता महाधिवेशन प्रतिनिधिको चुनाव सकिएपछि कसको पक्षमा कति प्रतिनिधि चयन भए त्यो हिसाव गरेर मात्रै सभापति र पदाधिकारी लड्नेहरूको टुंगो लाग्ने एक नेता दाबी गर्छन्।पौडेल पक्षले भने वडा अधिवेशन अगाडि सबै नेता एकजुट भएर आफूहरू एक रहेको सन्देश दिने तयारी गरेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img