spot_img

दैलेखकी १९ वर्षीया किशोरी बनिन् कांग्रेस वडा सभापति

spot_img

दैलेख, दैलेखकी १९ वर्षीया किशोरी स्वस्तिका महत नेपाली कांग्रेसको वडा सभापतिमा निर्वाचित भएकी छिन्। दैलेखको दुल्लु नगरपालिका–३ नेपाकी महत भर्खर १९ वर्ष लागेकी हुन्। उनै महत हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट वडा सभापतिमा निर्वाचित भएकी हुन्।

महत राजनीतिक वातावरणमै हुर्किएकी हुन्। उनका बुवा भूपेन्द्रजंग महत दैलेख कांग्रेसको उपसभापति थिए। उनको दुई वर्षअघि मृत्यु भएको थियो।‘बुवा पार्टी उपसभापति हुनुहुन्थ्यो, राजनीतिबाट समाज परिवर्तन गर्ने लक्ष्य उहाँको थियो’, स्वस्तिकाले भनिन्, ‘बुबाको सपना पूरा गर्नका लागि स्वास्थ्यकर्मीको बाटो छोडेर राजनीतिमा होमिएकी हुँ।’

स्वस्तिकाले पछिल्ला दुई वर्ष राजनीतिकलाई नजिकबाट बुझ्न पाइन्। नेपालगञ्ज टेक्निकल कलेजबाट एचएको पढाइ सकेलगत्तै कोरोना संक्रमण सुरु भयो। त्यसपछि उनी गाउँ फर्किइन्।

स्वस्तिका वडा सभापतिमा निर्वाचित हुँदा जति खुसी छिन्, त्यति नै जिम्मेवारीले थिचिएको महसुस गरेकी छिन्। ‘मलाई विश्वास गरेर पार्टी र वडामा क्रियाशील सदस्यहरुले सर्वसम्मत वडा सभापतिमा विजयी गराउनु भएको छ’,उनले भनिन्, ‘यो विश्वास र भरोसालाई मर्न दिने छैन।’ पार्टी राजनीतिसँगै उनले पढाइलाई पनि निरन्तरता दिने बताइन्।

स्वस्तिकाजस्तै धेरै युवाहरु कांग्रेसको जारी १४ औं महाधिवेशनबाट वडा तहको नेतृत्वमा आएका छन्। राजनीतिमा युवाहरुको प्रवेशले कांग्रेसमा नयाँ आशाको किरण जगाएको नेताहरू बताउँछन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img