spot_img

स्वदेशी उद्योगलाई प्रोत्साहन हुने नीतिगत व्यवस्था परिवर्तन हुँदैन ः अर्थमन्त्री शर्मा

spot_img

काठमाडाैँ, अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुने गरी गरिएका नीतिगत व्यवस्था परिवर्तन नहुने अडान व्यक्त गरेका छन्। आन्तरिक राजस्व विभागको दुईदिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले दीर्घकालीन रूपले देशलाई फाइदा पुग्ने गरी गरिएको व्यवस्था परिवर्तन नहुने बताएका हुन्।

‘मलाई कतिपयले प्रलोभन दिएर फकाउने दुस्साहस गरिरहेका छन्। म व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने व्यक्ति होइन। त्यस्तो दुस्साहस नगर्न आग्रह गर्छु। स्वदेशी उत्पादनमा आधारित र रोजगारी सिर्जना गर्ने उद्योगलाई प्रोत्साहन दिने गरी भएको निर्णय फिर्ता हुँदैन,’ उनले भने।

आयातमा आधारित राजस्वभन्दा आन्तरिक उत्पादन र निर्यातमा आधारित राजस्व बढाउनुपर्नेमा जोड दिँदै उनले यसतर्फ थप सक्रियताका साथ काम गर्न निर्देशन दिए। उनले करका दरसम्बन्धी थप सुधारका काम कर पुनरावलोकन आयोग गठन गरेर सम्पन्न गरिने बताए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img