spot_img

बाजुराको परिणामपछि वरिष्ठ नेता पौडेलको प्रतिक्रिया ः सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ

spot_img

काठमाडाैँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाजुराको जिल्ला अधिवेशनलाई लिएर कांग्रेसमा परिवर्तनको सुरुवात भएको प्रतिक्रिया दिएका छन्। सभापति शेरबहादुर देउवाको पकड क्षेत्र मानिने बाजुरामा संस्थापनइतर समूहले जित हासिल गरेपछि उनले सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

‘परिवर्तन सम्भव छ, सुदूरपश्चिममा पनि परिवर्तन सम्भव छ। बाजुरामा रामसिंह रावलको विजयले संकेत गरिसक्यो। डडेल्धुराले सन्देश दिइसक्यो,’ पौडेलले लेखेका छन्। पौडेलले सभापति देउवाको मात्रै पकड मानिने क्षेत्रमा समेत इतर पक्ष बलियो बन्दै गएको बताएका हुन्।

बाजुराको पहिलो चरणमा सभापतिका आकांक्षीले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो। निर्वाचनबाट संस्थापनइतर समूहका रामसिंह रावलले ६ सय पाँच मत ल्याएर सभापतिमा वियजी भएका थिए। रावलका प्रतिद्वन्द्वी कविराज पण्डितले पाँच सय ६६ मत ल्याएका थिए।

यस्तो छ बाजुराको मत परिणाम ः

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img