spot_img

ए, बी र सी क्लासका कांग्रेस भन्ने सोचमा सुधार ल्याउनुपर्छ ः नेता सिंह

spot_img

काठमाडाैँ, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्य–मान्यताविपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन्। बिहीबार धादिङमा भएको कांग्रेस धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले १३औँ महाधिवेशनपछि पार्टीको नेतृत्वले विधि, पद्धति र मूल्यमान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको धारणा राखेका हुन्।

उनले विधिसम्मत र संस्थागत रूपमा पार्टीलाई अगाडि बढाउन सक्षम नेतृत्वको आवश्यकता रहेको औँल्याए। पार्टीका सिनियर नेताहरूलाई सम्मान गर्ने, तर अवसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन नहुने उनको भनाइ थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उनले १४औँ महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने बताए।

‘महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा गर्नुपर्दछ। क्रियाशील सदस्यता विधि र पद्धतिअनुसार वितरण हुनुपर्छ,’ उनले भने, ‘यसअघिको सहमतिअनुसार नै पार्टीको अधिवेशन अगाडि बढाउनुपर्दछ। यसमा नेतृत्वले ध्यान दिन जरुरी छ।’

उनले अधिवेशन हुँदा सबैलाई पद चाहिने, तर पदमा पुगेपछि काम गर्न नसक्ने परिपाटी अब सुधार गर्नुपर्ने बताए। राजनीति सेवाको क्षेत्र भएकाले मेवाको आस गरेर यस क्षेत्रमा लाग्न नहुने पनि सिंहले बताए।

गणेशमानको परिवारले सधैँ त्याग मात्रै गरेको भन्दै अब पार्टीको नेतृत्व पनि गर्ने उनको दाबी छ। उनले पार्टीभित्र विभेद रहेको भन्दै कांग्रेसभित्र रहेको ए, बी र सी कांग्रेस भन्ने सोचमा सुधार ल्याउनुपर्ने धारणा राखेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img