spot_img

नेतृत्वको अयोग्यताले कांग्रेस अवैध हुने अवस्थामा पुग्यो ः नेता सिंह

spot_img

काठमाडाैँ, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी संरचना आफ्नो पक्षमा पार्ने नेतृत्व तहले खेल खेल्दा कांग्रेसमाथि अवैधको प्रश्न उठ्न थालेको बताएका छन् । आइतबार नेपाल प्रेस युनियन जनकपुरले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता सिंहले वर्तमान नेतृत्व र पदाधिकारीहरूको अयोग्यताकै कारण पार्टी अवैध हुने अवस्थामा पुगेको आरोप लगाएका हुन्।

केही जिल्लाको महाधिवेशन सकिँदासमेत केही जिल्लाको क्रियाशील सदस्यता नै नटुंग्याउनु नेतृत्वको चरम अक्षमता र लापरबाही भएको उनको भनाइ थियो। नेतृत्वले महाधिवेशनलाई हल्का रूपमा लिँदा पटकपटक महाधिवेशन मिति परिवर्तन गरेको भन्दै उनले निर्धारित मितिमा नै महाधिवेशन हुनुपर्ने बताए।

‘महाधिवेशन सुरु भइसक्यो, क्रियाशील सदस्य नदिने के तरिका हो यो ? परिणाम आफ्नो पक्षमा पार्नका लागि यो सबै खेल भइरहेको छ,’ सिंहले भने, ‘१४औँ महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता छ। म सभापतिको अभियानमा होमिइसकेँ।’

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img