spot_img

स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमनको संघर्ष, अध्यक्ष प्रचण्ड

spot_img

काठमाडाैँ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अग्रगमन र पश्चगमनबीचको संघर्षको संज्ञा दिएका छन्। आज एक सन्देशमार्फत आफ्नो पार्टीको निर्वाचन चिह्न र गठबन्धनका उम्मेदवारको चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै उनले यस निर्वाचनलाई सामान्य निर्वाचनका रूपमा मात्रै नलिन आग्रह गरे।

अध्यक्ष दाहालले सिंहदरबारकेन्द्रित अधिकार जनताको घरदैलोमा स्थापित गराउन स्थानीय तहको आसन्न निर्वाचन सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणका लागि कोसेढुंगा बनोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।अध्यक्ष दाहालले आफूहरूले खोजेको संघीयता, समावेशी, समानुपातिक प्रतिनिधित्व र सामाजिक न्याय अझ पनि जनताले अनुभूति गर्न नसकेको उल्लेख गर्दै स्थानीय तहलाई अधिकारसम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, स्वास्थ्य, शिक्षा र रोजगारीको सुनिश्चिततामार्फत सामाजिक न्यायासहितको समृद्धि हासिल गर्ने चुनौती रहेको बताए।

कृषिमा अनुदानमार्फत उत्पादन, किसान पेन्सन, औद्योगीकरण तथा ग्रामीण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी, सबैखाले शोषण र विभेदको अन्त्य, विदेशमा रगत–पसिना चुहाउने अवस्था नहटाई साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने अध्यक्ष दाहालको भनाइ छ। रासस

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img