spot_img

प्रधानमन्त्री दाहाललाइ ओलीको प्रश्नः बाटोमा हिँड्दाहिँड्दै समाउनुपर्ने मान्छे होइन,किन सड्यन्त्र हुँदैछ ?

spot_img

काठमाडौँ,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एमाले सचिव तथा प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझी पक्राउबारे छलफल भएको छ । बिहीबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीबीच कुराकानी भएको हो । त्यसक्रममा अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा नेता रायमाझीको संलग्नताबारे चासो राखेका थिए । जवाफमा प्रधानमन्त्रीले प्रमाणका आधारमा रायमाझीको संलग्नता भेटिएको बताएका थिए । प्रधानमन्त्रीको भनाइ सुनेपछि ओलीले दोषी भए कारबाहीका लागि सहयोग गर्ने तर निर्दोष फस्न नहुने बताएका थिए ।

‘दोषी उम्काउने हाम्रो प्रयास होइन तर निर्दोष फसाउन खोजियो भने हामी सहन्नौँ,’ ओलीले प्रधानमन्त्रीसँगको भेटवार्तापछि सिंहदरबारमा सञ्चारकर्मीसँग भने । उनले भुटानी शरणार्थीलाई अमेरिकामा सेटलमेन्ट गर्नेबारे अमेरिकी सरकारसँग भएको सहमतिअनुसार केहीबाहेक सबै अमेरिका पुगेको समेत बताएका छन् । बाँकी रहेकाहरूको सन्दर्भमा के गर्ने भन्नेबारे आफू प्रधानमन्त्री हुँदा छलफल भएको ओलीको भनाइ छ ।

भुटानी शरणार्थीबारे ओलीले भने, ‘त्यतिबेला भुटानमै फर्काउने वा नेपालमै राख्ने भन्नेबारे समेत कुराकानी भएको र छलफल हो ।’ उनले पछि नक्कली शरणार्थी खडा गर्ने कोसिस भएको आफूले जानकारी पाएको भन्दै त्यसबेला तत्कालीन गृहमन्त्री र अनुसन्धानका प्रमुखलाई बोलाएर यसबारे सचेत गराइएको समेत जानकारी दिए ।

४ वर्षअघिको कुरा अहिले बाहिर आएको भन्दै ओलीले ‘एउटा सांसद र पार्टीका नेतालाई षड्यन्त्रपूर्ण ढङ्गले किन समाउनुपर्ने अवस्था आयो ?’ भन्दै प्रश्न समेत गरेका छन् । ओलीले आफूले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए । तर प्रधानमन्त्री प्रचण्डले भने यसबारे कुनै छलफल नभएको दाबी सञ्चारकर्मीसँग गरे ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img