spot_img

बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा शान्ति ¥याली

spot_img

बुटवल,२५६७ औँ बुद्ध जयन्ती एव लुम्बिनी दिवसका अवसरमा शुक्रवार बिहान शान्ति ¥याली निकालिएको छ । संस्कृति पर्यटन तथा नागरिक उडडन मन्त्री सुदन किराँतीले शान्ति ¥यालीको शुभारम्भ गरेका हुन् । लुम्बिनी मायादेवी मन्दिर परिसर हुँदै शान्तिदिप, केन्द्रीय नहर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म ¥याली निकालिएको हो ।

मुल समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् । समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सांसदसहित कुटनीतिक नियोग, विदेशी पाहुनाहरूको समेत सहभागिता रहने सदस्य सचिव सानु राजा शाक्यले बताए ।

आज नै बुद्धको अस्तु धातु रहेको नवलपरासीको रामग्राममा अस्तुधातु यात्रा निकालिने भएको छ । पण्डितपुरदेखि रामग्रामसम्म अस्तुधातु यात्रा गरी बुद्ध जयन्ती विशेष समारोहको आयोजना गरिएको कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए । रामग्राममा पर्यटन संस्कृति तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालिले सम्बोधन गर्ने कार्यक्रम रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img