spot_img

हाजिरी गरेको एक घण्टामै सरुवा

spot_img

काठमाडौं, सर्लाहीको हरिपुर्बा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा भएका छन्। यादवले यही वैशाख १७ गते बिहान हरिपुर्बा नगरपालिकामा गई हाजिरी गरेका थिए। नगरपालिकाका कर्मचारीले उनलाई स्वागत गरे।

स्वागत कार्यक्रम नसकिँदै उनको हातमा अर्को चिठी हात प¥यो। उनलाई संघीय मामिला मन्त्रालयले पहिलेकै कार्यालय मधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरेको थियो। ‘मलाई हाजिरी गरेको एक घण्टामै सरुवा गरियो। किन सरुवा गरियो थाहा छैन,’ यादवले भने, ‘तर सरकारी कर्मचारी भएपछि सरकारले जहाँ खटाउँछ, त्यहाँ जानुपर्छ।’

हरिपुर्बा नगरपालिकाका मेयर विनोदकुमार साह प्रमुख प्रशासकीय अधिकृत खोज्न एक महिनादेखि काठमाडौंमै बसेका छन्। ‘संघीय मामिला मन्त्रालय धाउँदा धाउँदा निकै कठिनाइले प्रमुख प्रशासकीय अधिकृत पाएको थिएँ। तैपनि एक घण्टामै सरुवा भयो,’ मेयर साहले भने, ‘काठमाडौं आएको एक महिनाभन्दा बढी भइसक्यो। प्रमुख प्रशासकीय अधिकृत पाउन सकेको छैन।’

आफ्नो पालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएपछि मात्र जिल्ला फर्कने साहले बताए। संघीय मामिला मन्त्रालयका सहसचिव तथा कर्मचारी प्रशासन महाशाखाका प्रमुख कमल भट्टराईले विविध कारणवश कोही कर्मचारीको जिम्मेवारी चाँडो फेरबदल गर्नुपर्ने बताए। ‘यसमा धेरै कारणहरू जोडिएका हुन्छन्,’ उनले भने। सर्लाहीको हरिपुर्बा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत शम्भु यादव हाजिरी गरेको एक घण्टामै सरुवा भएका छन्।

संघीय मामिला मन्त्रालयपरिसरमा अहिले दिनहुँजसो विभिन्न पार्टीका नेता, मेयर, उपमेयर तथा कर्मचारीको भिड लाग्ने गरेको छ। तीमध्ये कोही स्थानीय तहले हाजिरी नगरी फर्काएका कर्मचारी छन् भने कोही सहरी क्षेत्रका स्थानीय तहमा जान मन्त्रालय पुग्ने गर्छन्। मेयररउपमेयर भने आफूअनुकूल प्रमुख प्रशासकीय अधिकृत माग्न मन्त्रालय धाउने गर्छन्।

सहसचिव भट्टराईका अनुसार मन्त्रालय परिसरमा अहिले पनि केन्द्रबाट गएका १५ भन्दा बढी स्थानीय तहबाट पर्काएका कर्मचारी छन्। अाजकाे नागरिक दैनिकमा खबर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img