काठमाडाैँ, गएको बिहीवार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने एक हजार दुई सय रुपैयाँले घटेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ तोकिएको छ ।
अस्ति बिहीवार तोलामा एक लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको थियो ।हिजो शनिवार र अस्ति शुक्रवार सार्वजनिक बिदा भएकाले मूल्य तोकिएको थिएन।आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी आज पनि तोलाको एक हजार चार सय ४५ रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।