काठमाडाैँ,नेपाली कांग्रेसले सुनिलबहादुर थापालाई सहमहामन्त्री बनाएको छ। शुक्रबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले थापालाई सहमहामन्त्री बनाउने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।
यसका साथै बैठकले थापासँगै कांग्रेसमा प्रवेश गरेका ६ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णय समेत गरेको छ। बैठकले रामप्रसाद भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरी र टि.एन. योगीलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको हो।
यसैगरी, दिलिप राई आशाराम चौधरी र राजेशबहादुर सिंहलाई आमन्त्रित केन्द्रीय सदस्य बनाउने निर्णय गरिएको छ। सहमहामन्त्री बन्ने भएपछि उनले राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका थिए। थापा राप्रपा संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा हुन्।