काठमाडाैँ,प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सचिवालय बैठकमा प्रस्तुत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको महसूस भएको बताएका छन् ।
नेकपाको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगीन आरोपसहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गम्भीर मोडमा पुगेको अनुभूती भएको उनले बताएका हुन् ।
उनले भनेका छन्,’कमरेड प्रचण्डले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय वैठकमा प्रथम अध्यक्षका विरुद्धमा संगिन आरोप सहित एकल प्रस्ताव प्रस्तुत गरेपछि पार्टी एकता गंभीर मोडमा पुगेको अनुभूती सिंगो पार्टी पंक्तिले गरिरहेको छ । ’
उनले बैठकमा प्रस्तुत गरिएका एकल प्रस्ताव फिर्ता गरी पार्ट एकताको रक्षा गर्न प्रचण्डलाई आग्रह समेत गरेका छन् । उनले भनेका छन्, ’म कमरेड प्रचण्डलाई पार्टी एकताको रक्षाका लागि वैठकमा प्रस्तुत गरिएको एकल प्रस्ताव फिर्तागरी एकताको मर्म अनुरुप छलफललाई अघि वढाउन हार्दिक अनुरोध गर्दछु ।’