नेपाली खेलकुदको पुनरागमनः बंगलादेश २–० नेपाल

काठमाडौँ,यो खेललाई धेरै पछिसम्म पनि कोरोना भाइरस संक्रमणको महामारीबीच नेपाली खेलकुदको पुनरागमनका रूपमा लिइनेछ, तर फुटबलको मैदानमा प्राप्त नतिजा भने सुखद् रहेन । बंगलादेशले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा शुक्रबार नेपाललाई २–० ले हराएको हो ।

ढाकाको बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशले प्रत्येक हाफमा एक–एक गोल गरे । बंगलादेशले दसौं मिनेटमा सुरुआती अग्रता लिएको थियो र त्यसमा नबीब नेवाज जिवोनले नजिकको दूरीबाट गोल गरे ।

बंगलादेशका तर्फबाट उनले ८०औं मिनेटमा महबुदुर रहमान सुफीले दोस्रो गोल गरे । काउन्टर आक्रमणमा उनले बल अगाडि बढाउँदै दर्शनीय गोल गरेका थिए । नेपालले पूरा खेल अवधिमा सटिक देखिन सक्ने कुनै पनि आक्रमण गर्न सकेन र हार बेहोर्न बाध्य रह्यो । यससँगै दुई खेलका शृंखलामा बंगलादेश १–० ले अगाडि रह्यो । अब दोस्रो खेल मंसिर २ गते मंगलबार हुनेछ । चैतमा कोरोना महामारीका कारण सम्पूर्ण खेल गतिविधि रोकिएको थियो । यससँगै पूरा खेल क्षेत्र ठप्प भएको थियो ।

यो खेलसँगै त्यहाँको बंगलादेशको खेलकुद पनि औपचारिक रूपमा मैदानमा फर्केको छ । बंगलादेशले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको प्रस्ताव राखेपछि नेपालले त्यसलाई स्विकारेको हो । दुई साताभन्दा कम समयको तयारीपछि नेपाल मैदानमा ओर्लेको हो । खेलपछि नेपाली प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टिमको प्रदर्शनप्रति सन्तुष्टि जनाए । उनले भने, ‘छोटो तयारीमा पनि यति खेल्न सक्नु राम्रो हो, हाम्रो आक्रमणमा केही समस्या भने रह्यो ।’

उनले अबको खेलमा त्यसमा सुधार गर्ने दाबी गरे । बंगलादेशका प्रशिक्षक जेमी डेले आफ्नो टिमको जितमा खुसी प्रकट गरे । उनले भने, ‘यो जितका बावजुत हाम्रो मध्यपंक्तिमा लय देखिएन र धेरै समस्या रह्यो । हामी पनि यो कमजोरीलाई अर्को खेलमा सुधार गर्नेछौं ।’

बंगलादेशले गरेको पहिलो गोलमा नेपाली डिफेन्सको कमजोरीले बढी भूमिका खेलेको थियो । मोहम्मद साद उद्दिनले सुमन अर्याल तथा विकास खवासलाई बिट गर्दै आकर्षक पास निकाले र यसमा जिवोनले नजिकको दूरीबाट गोल गरे ।

दोस्रो गोलका लागि रहमानले नेपाली गोलरक्षक किरण चेम्जोङ बिट गर्ने क्रममा बललाई हल्का घुमाउरो बाटो तय गराएका थिए । खेलको अन्य अवसरमा बंगलादेश नै हाबी रह्यो । मानिक मुल्लाले २७औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट शक्तिकाली प्रहार गरेका थिए, त्यसमा नेपाली गोलरक्षक किरण चेम्जोङले आकर्षक बचाउ गरे । ७६ औं मिनेटमा उनले गरेको फ्रिकिक प्रहार पनि किरणले राम्रो बचाउ गरेका थिए ।

नेपालले दुवै हाफमा केही अवसर सिर्जना गरे पनि त्यसमा बंगलादेशी गोलरक्षक र रक्षापंक्तिलाई दबाबमा राख्न सकेन । पहिलो हाफमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले अवसर पाए पनि त्यसको सही सदुपयोग गर्न सकेनन् । खेलको ७३औं मिनेटमा सब्स्टिच्युट भरत खवासको हेड पोस्टको माथिबाट बाहिरिएको थियो । अनन्त तामाङले ७७ औं मिनेटमा गरेको लामो हेडलाई पनि बंगलादेशी गोलरक्षकले बचाएका थिए ।

नेपालले दुई वर्षअगाडि सन् २०१८ को साफ च्याम्पिनसिपमा बंगलादेशलाई यही मैदानमा २–० ले पराजित गरेको थियो । योसँगै घरेलु मैदानमा बंगलादेश प्रतियोगिताबाटै बाहिरिएको थियो । बंगलादेशले त्यसको बदला लिन सफल भएको छ । बंगलादेशले नेपाललाई हराएको भने यो ५ वर्षपछि पहिलोपल्ट हो । सन् २०१५ मा भारतमा भएको साफ च्याम्पियनसिपअगाडि बंगलादेशले ढाकामै भएको मैत्रीपूर्ण खेलमा नेपाललाई १–० ले हराएको थियो ।

नेपालका लागि विकास खवास, एरिक विष्ट र दर्शन गुरुङ गरी तीन खेलाडीले डेब्यू गर्ने अवसर पाएका थिए । डिफेन्डर विकासले सुरुदेखि खेल्न पाए भने एरिक ४०औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए । विक्रम लामा घाइते भएर मैदान छाड्न बाध्य भएपछि एरिकले खेल्ने अवसर पाएका हुन् । दर्शन भने रवि पासवानको स्थानमा मैदान छिरे । यो खेल हेर्न बंगबन्धु रंगशालामा ८ हजार दर्शकलाई प्रवेशको अवसर दिइएको थियो ।

नेपाली टिम ः किरण चेम्जोङ (कप्तान), सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, विकास खवास, विक्रम लामा (एरिक विष्ट–४२), तेज तामाङ (भरत खवास–८८), अञ्जन विष्ट (विमल राना–८८), सुजल श्रेष्ठ, रवि पासवान (दर्शन गुरुङ–६८), नवयुग श्रेष्ठ (जर्ज प्रिन्स कार्की–४६) । कान्दिपुर दैनिकमा खवर छ ।

- Advertisement -

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -

भर्खरै

रोकिएन बलात्कारःदैनिक ७ बलात्कारका हुने गरेकाे तथ्य सार्वजनिक !

रुपक यात्री,काठमाडाैँ महात्तरीको बर्दिबासमा ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएपछि आन्दोलन चर्कदै गएको छ । त्यसोत नेपालमा हेरक वर्ष बलात्कारका घटना बढिरहेका छन् भने चालु...

बिमा समिति र कम्पनीले कोरोना बिमासम्बन्धी निर्देशन पालना नगरेकाे भन्दैःअर्थ मन्त्रालय आक्रामक बन्दै, तीन दिनभित्र कोरोना बिमा दाबी भुक्तानी गर्न पुनः निर्देशन

नयाँ पत्रिका, गत १८ कात्तिकमा सात दिनभित्र कोरोना बिमाको दाबी भुक्तानी कार्यान्वयन गर्न दिएको निर्देशन बिमा समिति र कम्पनीहरूले पालना नगरेपछि अर्थ मन्त्रालयले तत्काल भुक्तानी...

रामचन्द्र पौडेलले भनेःकेपी ओली हत्या मुद्दामा जेल परेका हुन्, मजस्तो लोकतन्त्रका लागि होइन

रासस,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रका लागि नभई व्यक्ति हत्या मुद्दामा १४ वर्ष जेल बसेको बताएका...

मंसिर २२ मा नायिका श्वेता खड्का काे सँग गर्दैछिन् बिहे ?

काठमाडाैँ,नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत...
- Advertisement -

यो पनि पढौँ

- Advertisement -