spot_img

कोरोना जिते मनोज गजुरेलले, अस्पतालबाट डिस्चार्ज

spot_img

काठमाडौं,कोरोना संक्रमित हास्य कलाकार मनोज गजुरेलले अन्ततः कोरोना जितेका छन् । ११ दिनको अस्पताल उपचारपछि उनी कोरोनामुक्त भएका हुन् । उनले सामाजिक संजाल फेसबुकमार्फत यसको जानकारी दिएका हुन् । आफ्नो स्वास्थ्य अवस्थाको बारेमा चासो राख्ने र उपचारमा संलग्न सबैलाई उनले धन्यवाद पनि दिएका छन् ।

अहिले घरमै आराम गरिरहेको र केही दिनमा पूर्ण स्वस्थ भएर नियमित काममा फर्किने पनि उनले बताए । गजुरेलले भनेका छन् ः

धन्यवाद तथा आभार ११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्कनेछु । यस क्रमममा अत्यन्तै उच्चस्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पुर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई अन्तर मनदेखी नै धन्यवाद सकेसम्म यो महमारीबाट आफू जोगिऔं । अरुलाई पनि जोगाऔं । दीपावलीको सबैलाई शुभकामना ।

 

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img