spot_img

संघीय शिक्षा ऐन छिटै आउँछ, शिक्षामन्त्री

spot_img

काठमाडौं, शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षा क्षेत्रको ऐन कानुनलाई समायानुकूल बनाउन आफू प्रतिवद्ध रहेको बताएका छन्। सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा मन्त्री राईले कानुनको रिक्तता रहनु आपत्तीजनक हुने भएकाले शिक्षा क्षेत्रको ऐन कानुनलाई समायानुकूल बनाउन आफू प्रतिवद्ध रहेको बताएका हुन्।

उनले विधयेकको परामर्श र प्रक्रियमा हुने ढिलाइलाई अन्त्य गर्न मन्त्रिपरिषद्मा समेत छलफल भएको जानकारी दिए । संघीय शिक्षा ऐन अब छिटै अघि बढ्ने जानकारी दिँदै मन्त्री राईले ऐनको मस्यौदा अहिले मन्त्रिपरिषद्को विषयगत समितिमा विचाराधीन रहेको बताए।

मन्त्री राईले शिक्षकको दरबन्दी सृजना गरेर पूर्ति नगरेसम्म गुणस्तर शिक्षाको कुरा गर्नु सान्दर्भिक नहुने धारणा राखे । शिक्षा क्षेत्रमा बजेट पर्याप्त विनियोजन हुन नसक्दा आवश्यकता अनुसारको कार्यक्रम तर्जुमा गर्न कठिन भइरहेको उनको भनाइ छ ।बैठकमा समितिका सदस्यहरुले नेपालको शिक्षा प्रणालीलाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिएका थिए । समिति सदस्य चन्द्र भण्डारीले नेपालको पाठ्यक्रमले व्यवहारिक ज्ञान दिन नसकेको बताए।

त्यस्तै समिति सदस्य सुमना श्रेष्ठले देशका सबै स्थानको सामुदायिक शिक्षालाई नीजिभन्दा माथि उठाउने योजना बनाउनुपर्नेमा जोड दिए।बैठकमा शिक्षा मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले देशभर अहिले ५३ हजार भन्दा शिक्षक अपुग देखिएको बताए । उनले उच्चशिक्षाका लागि विदेश जाने विद्यार्थी वृद्धि भएको अवस्थामा उच्चशिक्षाको क्यालेण्डर बनाएर नै स्वदेशी शिक्षामा आकर्षित गर्ने तयारी भइरहेको जानकारी दिए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img