spot_img

सुनको भाउले फेरि बनायो नयाँ ऐतिहासिक रेकर्ड

spot_img

काठमाडौं, नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

यसअघि गत जेठ १९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।उक्त दिन सुन प्रतितोला एक लाख १३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।आज सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा तीन सय रुपैयाँ बढी हो।

अघिल्लो दिन अर्थात् बुधबार तोलामा छ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बिहीबार चाँदीको मूल्यले पनि नयाँ ऐतिहासिक रेकर्ड राख्न सफल भएको छ।आज चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। बुधबार बनेको उच्च मूल्यको रेकर्ड यसदिन तोडिएको छ।यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img