spot_img

विमानस्थलबाट बरामद सुनमा मेरो संलग्नता पुष्टि भए सजाय भोग्न तयार छुःदीपक मल्होत्रा

spot_img

व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको सुन आफ्नो नभएको दाबी गरेका छन्। आज दिउँसो पत्रकार सम्मेलन गर्दै विमानस्थलबाट बरामद सुनमा उनले आफ्नो कुनै सम्बन्ध नरहेको बताएका हुन्।

मल्होत्राले भने, ‘मेरो संलग्नता पुष्टि भए म सबै कानुनी सजाय भोग्न तयार छु।’ मंगलबार बरामद भएको करिब एक क्विन्टल सुनमा मल्होत्राको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको समाचार बुधबारको नयाँ पत्रिकामा प्रकाशित भएको थियो।

मल्होत्राले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गर्दै आपत्ति जनाएका छन्। विमानस्थलबाट भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img