spot_img

प्रकाशकीयःइमान्दार खवर चाैँथाे वर्षमा प्रवेशः “आवाज विहिनहरूकाे आवाज अर्थात सारथि बन्न सफल”

spot_img

काठमाडौं,इमान्दार खवर आज २०८०–४–६ गतेबाट चौँथो वर्षमा प्रवेश गरेको छ । “इमान्दारीता हाम्रो प्रतिवद्दता” भन्ने मुला नाराका साथ शुरू भएको इमान्दार खवर गौरवमय तेस्रोवर्ष पुरा गरी चौँथो वर्षमा प्रवेश गरेको हो ।
आर. के ब्रोकाष्टिङ्ग मिडिया प्रा.लि द्वारा सञ्चालित इमान्दार खवर डटकम आवाज विहीन हरूको आवाज हो । समाजमा हुने विकृति,विसंगति,कुसंस्कार र भ्रष्टाचार विरूद्द खरो रूपमा कलम चलाउदैँ दुर्गमका जनताको अर्थात आवाज विहीनहरुको आवाज बनिरहेको छ । स्थापनाको ३ वर्षमै पाठक वर्गमा राम्रो छाप छोड्न सफल इमान्दार खवरको डिजीटल माध्यम IMANDARKHABAR रहेको छ ।

यस अवसरमा सञ्चालक रूपक कुलालले समस्त दर्शक, पाठक तथा विज्ञापन दातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । उहाँले इमान्दार खवरका पाठक,दर्शक तथा शुभेच्छुकबाट पाएको माया र सुझावको आधारमा अगाडि बढ्ने बताउनु भयो ।सञ्चालक कुलालले सत्य–तथ्य,निश्पक्ष,राष्ट्रियता र राष्ट्रहित, लोकतन्त्रका मूल्य–मान्यता, आर्थिक–सामाजिक परिवर्तन र नागरिक अधिकारप्रति प्रतिवद्ध रहने हुनुका साथै व्यावसायिक रुपमा अझै बलियो बनाउने क्रमसँगै हामी आफ्नो सामाजिक उत्तरदायित्व पनि नबिर्सने बताउनु भयो । जनताको समृद्धिको चाहनामा हातेमालो गर्दै इमान्दार खवर समृद्धि, विकास र स्थायित्वको पक्षमा थप दृढ भएर उभिनेछ ।

सत्य, तथ्य र निष्पक्ष समाचारको खेतीमा जुटेका हामीलाई छोटो समयमा पाठक तथा शुचेच्छुकबाट जुन माया प्राप्त भइरहेको छ, आगामी दिनमा थप मायासँगै उचित सल्लाह तथा सुझावको पनि अपेक्षा गरेका छौं ।  सत्य समाचारको पक्षधरता र स्वतन्त्र पत्रकारिता गर्ने हाम्रो अठोटमा पाठक, विज्ञापनदाता र शुभेच्छुकले निरन्तर साथ दिनुहुनेछ भन्नेमा हामी ढुक्क छौं । आगामी दिनमा अझ परिष्कृत भएर इमान्दार खवर अगाढि बढ्ने छ ।

रूपक कुलाल
सञ्चालक/सम्पादक

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img