जुम्ला, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनका केन्द्रीय सचिवालय सदस्य तथा पूर्वाधार विकास कार्यालय डाेल्पाका लेखापाल हस्तबहादुर बुढाले जन्मउत्सवकाे अवसरमा विद्यालयलाइ ३० हजार बराबरकाे आर्थीक सहयाेग गर्नुभएकाे छ।
सचिवालय सदस्य बुढाले जुम्लाकाे शंकर बहुउद्देशिय मा.विलाइ ३० हजार बराबरकाे आर्थीक सहयाेग गर्नुभएकाे हाे। बुढाकाे ४२ अाैँ जन्मदिनकाे अवसरमा विद्यालयमा अध्यायनरत जेहेन्दार ,बिपन्न र लगनसिल छात्रा तथा छात्रहरुलाई टेवा पुगाेस् भनेर सहयाेग गरेकाे बुढाले बताए ।
सहयाेगकाे लागि विद्यालयले बुढालाइ धन्यवाद दिएकाे छ भने बुढा जिल्लामा समाज सेवामा पनि अग्रिणी भुमिका निर्बाह गर्दै आएका छन् ।