spot_img

कर्णाली प्रदेशकाे जलस्राेत तथा उर्जा विकास मन्त्रालयकाे आ.व २०७९/०८० मा ८५% भन्दा बढि वित्तिय प्रगतिः मन्त्री उर्मीला विश्वकर्मा भन्छिन् “छाेटाे समयमा भएकाे ठुलाे उपलब्धि”

spot_img

रूपक कुलाल,सुर्खेत

कर्णाली प्रदेशकाे जलस्राेत तथा उर्जा विकास मन्त्रालयकाे आ.व २०७९/०८० मा ८५% भन्दा बढि वित्तिय प्रगति हाशिल गर्न सफल भएकाे छ। प्रदेशकी जलस्राेत तथा उर्जा विकास मन्त्री उर्मीला विश्वकर्माले साेमबार मन्त्रालयमा प्रदेशका १० वटै जिल्लाका कार्यालय प्रमुखहरूसँग आ.व २०७९/०८० मा वार्षीक प्रगति समिक्षा कार्यक्रममा मन्त्रालयकाे बजेट खर्च ८५% र भाैंतिक प्रगति समेत उलेख्य भएकाे जानकारी दिएकी हुन्।

मन्त्रालयकाे आव २०७९/०८० काे वार्षिक प्रगति समिक्षा तथा मन्त्रालय स्तरीय समस्या समाधान समितिकाे बैठकमा भौंतिक पुर्वाधार तथा शहरी विकास मन्त्री मंगल वहादुर शाही,आर्थिक मामिला तथा याेजना मन्त्री वेदराज सिंह सहभागिता रहेकाे थियाे । यस्तै उर्जा मन्त्रालयका शाखाका प्रमुख, महाशाखा प्रमुख, सचिव, र प्रदेश याेजना आयाेगका प्रतिनिधि, आर्थिक मामिला तथा याेजना मन्त्रालयका उपसचिव,१० वटै कार्यालयका कार्यालय प्रमुख र लेखा प्रमुखहरूले वित्तिय एवम् भाैंतिक प्रगतिबारे जानकारि गराएका थिए ।

जनशक्तिको अभाव, भौगोलिक विकटता तथा सिमित स्रोत साधनको अभावलाइ झेल्दै पनि उल्लेख्य भौतिक तथा वित्तीय प्रगति हासिल गर्न सफल भएकोमा १० वटै जिल्ला कार्यालयका कार्यालय प्रमुख, यसमा सहयाेग गर्ने मन्त्रालय लगायतका सम्पुर्ण कर्मचारी, आर्थिक मामिला तथा याेजना मन्त्रालय, याेजना आयाेगलाई समेत मन्त्री विश्वकर्माले विशेष धन्यवाद सहित आभार प्रकट गरिन्।

बैशाख ७ गतेबाट मात्रै मन्त्री पदमा नियुक्त हुनुभएकी मन्त्री विश्वकर्माले छाेटाे समयमा भएकाे ठुलाे उपलब्धि भएकाे बताइन्। उहाँले थप्नुभयाे “वित्तिय मात्रै नभएर भाैतिक प्रगति हाशिल गर्न निकै गाह्राे थियाे तर म मन्त्री भएपछि जिल्लाका प्रमुखहरू लगाएत सबै क्षेत्रमा समन्वय गरेर साचे भन्दा राम्राे प्रगति हाशिल भएकाे छ। यसमा सहयाेग गर्ने सबै धन्यवादका पात्र हुनुहुन्छ।” आगामि दिनमा अझ धेरै भाैतिक सहित वित्तिय प्रगति समेत हाशिल गर्ने गरि काम गर्न सबै कर्मचारीलाइ निर्देशन समेत दिइन्।

वार्षिक प्रगति लक्ष्य अनुसार प्राप्त गर्न नसक्नुमा जनशक्तिको अभावलाई प्रमुख समस्याका रुपमा हेरियकाे छ। भाैँगाेलिक विकटता भएकाे प्रदेशमा विभिन्न समस्याका बावजुत पनि दैलेख जिल्लाले सबैभन्दा धेरै भौतिक तथा वित्तीय प्रगतिमा झण्डै ९६.६ प्रतिशत हासिल गर्न सफल भएकाे छ। यस्तै सल्यानले ९१.७९%,जाजरकाेटले ९१.५९%,जुम्लाले ८७.७९%,कालिकाेटकाे ८०.०७,%पश्चिम रूकुमले ८७.२८%,मुगुले ९३.६०%,हुम्लाकाे ८३.५५%, डाेल्पाकाे ९२.६०%, र सुर्खेतकाे ७६.४६% वित्तिय प्रगति हाशिल गरेकाे छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img