spot_img

तस्कर गिरोहको बालुवाटार गोदाममा भेटियो सुन गाल्ने मेसिन

spot_img

काठमाडाैँ, सुन तस्कर गिरोहको काठमाडौंस्थित गोदामबाट सुन गाल्ने मेसिन नै बरामद भएको छ । राजस्व अनुसन्धान विभागको टोलीले सय किलो सुन तस्करी प्रकरणमा पक्राउ गरेका चिनियाँ नागरिक जिक्वान लिनको बालुवाटारस्थित गोदाममा मेसिन भेटेको हो ।‘हो, सुन गाल्ने मेसिन बरामद भएको छ । अनुसन्धान जारी रहेकाले अहिले योभन्दा धेरै केही भन्न सकिन्न,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले नयाँ पत्रिकासँग भने ।

मेसिन नै बरामद हुनुले यसअघि पनि यो गिरोहले ठूलो परिमाणमा सुन तस्करी गरेको आधार देखिएको छ । उनीहरूले तस्करी गरेर ल्याएको सुन गालेर नेपाल र भारतीय बजारमा पु¥याउने गरेको अनुमान गर्न सकिने विभाग स्रोतको भनाइ छ ।

गत ३ साउनमा विभागले विमानस्थलबाट बाहिरिएको करिब सय किलो सुन बरामद गरेर अनुसन्धान गरिरहेको छ । हालसम्मको अनुसन्धानमा चिनियाँ नागरिक लिन पनि गिरोहका नाइकेमध्येका एक रहेको खुलेको स्रोतको भनाइ छ । उनले महाराजगन्जमा कार्यालय रहेको ल्यान्ड एन्ड ओसियन इन्टरनेसनल लजिस्टिक प्रालि नामको कम्पनी पनि चलाएका थिए । गिरोहका अन्य नाइकेको खोजीमा अनुसन्धान केन्द्रित रहेको विभाग स्रोतले जनाएको छ ।

चिनियाँ नागरिक लिनलाई बालुवाटारमा गोदाम मिलाइदिने नरेश तामाङलाई पनि राजस्वको टोलीले बुधबार पक्राउ गरेको छ । उनीबाट पनि यो गिरोहबारे थप सूचना प्राप्त हुने सम्भावना रहेको विभागका अधिकारी बताउँछन् ।

सय किलो सुन प्रकरणमा हालसम्म १७ जना पक्राउ परिसकेका छन् । गिरोहले भन्सारका कर्मचारीसम्म सेटिङ मिलाएर तस्करी गरेको प्रारम्भिक निष्कर्ष छ । जाँचपासमा संलग्न तीनजना भन्सार कर्मचारी पनि विभागको थुनामा छन् ।

सोह्रखुट्टेको गोदाममा पनि छापा
बुधबार नै राजस्व विभागको टोलीले काठमाडौंको सोह्रखुट्टेमा रहेको गिरोहको अर्को गोदाममा पनि छापा हानेको छ । यो पनि सुन भित्र्याउने कम्पनी रेडी ट्रेडकै रहेको दाबी गरिएको छ । गोदामबाट ब्रेकसुलगायत वस्तु प्याकिङ गरिएका कार्टुन बरामद गरेको छ । यस्ता करिब ६६ पोका कार्टुन बक्स र केही सुटकेस पनि बरामद गरिएको स्रोतले जनाएको छ ।

‘झट्ट हेर्दा ब्रेकसुबाट सुन निकालिएजस्तो देखिन्छ,’ विभागका एक अधिकारीले भने । केही दिनअघि पनि विभागले बालुवाटारस्थित गोदाममा छापा हानेर यस्तै ब्रेकसुका कार्टुनसमेत जफत गरेको थियो । यस्ता गोदाम अरू पनि हुन सक्ने अनुमान विभागको छ । छापा हान्ने र थप मान्छे पक्राउ गर्ने प्रक्रिया चलिरहेको विभागका महानिर्देशक नवराज ढुंगाना बताउँछन् ।

विभागले पछिल्लो समय विवादास्पद व्यापारी राकेश अडुकियालगायतमाथि अनुसन्धान केन्द्रित गरेको स्रोत बताउँछ । हङकङबाट ल्याइएको तस्करीको सुन भारत लैजानमा उनको भूमिका रहेको आशंका छ । सुन काण्डपछि उनका गतिविधि पनि अस्वाभाविक रहेको अधिकारीहरू बताउँछन् ।

अडुकिया नेपालमा सेयर, गाडी, चाँदीलगायतका व्यवसायमा संलग्न छन् । उनी नेपालमा टेस्ला गाडीका आधिकारिक विक्रेता हुन् । उनीसहित विगतमा पनि सुन तस्करीमा मुछिएका व्यापारीको सो सुनमा लगानी रहेको सूचना विभागले पाएको छ ।अाजकाे नयाँ पत्रिकामा दैनिकमा खवर छ

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img