spot_img

जातीय भेद्भाव र घरेलु हिंसा गर्ने व्यक्ति कांग्रेसको सदस्य नहरने

spot_img

काठमाडौँ — नेपाली कांग्रेसले जातीय भेद्भाव, घरेलु हिंसा वा कसैमाथि कुनै पनि प्रकारको आक्रमण गर्ने व्यक्तिलाई पार्टीबाट तत्काल निष्कासन गर्ने निर्णय गरेको छ । गत साता बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीमा आबद्ध रहेका कोही पनि सदस्यले जातीय विभेद, घरेलु हिंसा या अन्य कुनै पनि सामाजिक विसंगतिहरूमा प्रमाणित एवम् कुनै पनि प्रकृतिका मागहरू सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार गर्नेलाई पार्टी सदस्य एवम् भ्रातृ र शुभेच्छुक संस्थाको सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले कुनै आन्दोलनमा कसैमाथि शारीरिक आक्रमण गर्ने, कालोमोसो दल्नेजस्ता अमर्यादित काम गर्ने व्यक्ति पार्टीको सदस्य नरहनेसमेत निर्णय गरेको छ । ‘जातीय विभेद, घरेलु हिंसा या अन्य कुनै पनि सामाजिक विसंगतिहरुमा प्रमाणित एवं कुनै पनि प्रकृतिका मागहरु सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार (शारीरिक आक्रमण, कालोमोसो दल्ने आदि) गर्ने पार्टी सदस्य एवं भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज गर्ने निर्णय गर्दछ,’ कांग्रेसको निर्णय छ ।

नेपालको संविधान र कानुनले सबै प्रकारका भेद्भाव र हिंसालाई निषेध गर्दै त्यस्तो कसुर गरे त्यो दण्डनीय हुने भनेको छ । कांग्रेस विधानमा भने ‘नैतिक पतन देखिने फौजदारी अभियोगमा अन्तिम अदालतबाट दोषी ठहर भएमा त्यस्ता व्यक्तिको सदस्य नरहने’ भन्ने व्यवस्था छ । तर नैतिक पतनको आरोप लाग्दैमा कसैलाई पनि पार्टीबाट कारबाही गरेको छैन । जिल्ला र ग्रामीण तहमा समेत जातीय भेद्भाव र घरेलु हिंसा गर्नेहरूलाई राजनीतिक दलहरूले संरक्षण दिने गरेको गुनासो आउने गरेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img